म्याग्दी । प्राकृतिक सम्पदालाई पौरखले पर्गाल्न जान्नेहो भने ओझेलमा परेका गाउँ वस्तीहरु पनि उज्यालिन सक्दारहेछन् भन्ने उदाहरण बनेको छ म्याग्दीको बेनी नगरपालिका वडा नं २ मा पर्ने बगरफाँट गाउँ ।
तीन दशक अघिसम्म औलको अपमानजनक सम्वोधनले विकास र सुविधाबाट पर रहेको म्याग्दीको सदरमुकाम बेनीबजारदेखि नजिकैको बगरफाँट अहिले भने सयौँ आन्तरिक पर्यटकहरुको आकर्षक गाउँ बनेको छ ।
पुछारमा कलकल बगेको म्याग्दी नदी । गाउँको सिरानमा घना जङ्गल । म्याग्दी नदीको नटमा लमतन्नै परेको खेतको फाँट । जङ्गलको माथिपट्टि विशाल भिर । त्यही भिरको मुख्य पहाड काटिएर अङ्ग्रेजी अक्षर भी आकारमा माथिदेखि तल फैलँदै अर्धसोली आकारमा झरेको पानी उड्ने÷ उडाइनो झरना,कोप्रे झरना र घुमाउने चौतारीमा रमाउने प्रेमिल जोडीहरुका कारण बगरफाँट गाउँ हिजोआज धेरैको आकर्षणको केन्द्र बन्दै गइरहेको छ ।
तीन दशक अघिसम्म नदीको तीर र भीरको फेदमा रहेकोले खासै वास्ता नगरिएको बगरफाँट अहिले उर्बर फाँट र प्राकृतिक सुन्दरताको अनुपम स्थल बन्दै गएको स्थानीय समाजसेवी नारायण कार्कीले बताउनुभयो ।यो गाउँलाई अहिलेको अवस्थासम्म ल्याइ पु¥याउन धेरै अग्रज र समकालीन व्यक्तिहरुको पौखर लागेको उहाँको भनाइरहेको छ ।
कार्कीका अनुसार विसं २०५० देखि बगरफाँट गाउँको मुहारमा विकासको उज्यालोले प्रवेश पाएको हो । म्याग्दी नदीको कटानले साँघुरिदै गएको बगरफाँट वस्ती संरक्षणका लागि काम सुरु भएपछि विस्तारै वस्ती विस्तार हुन थाल्यो । गाउँमा व्यवसायिक र आधुनिक कृषि सुरुवात भयो । खानेपानी र विद्यालय र संचारको पहुँचसँगै प्राकृतिक सम्पदाहरुको उपयोग र संरक्षणमा स्थानीयको ध्यान जान थाल्यो र अहिले जिल्लाकै अब्बल गाउँको रुपमा बगरफाँटले पहिचान बनायो ।
पर्यटकका लागि आकर्षण बन्दै झरना
म्याग्दी खोलाको काखमा सुन्दर शान्त बगरफाँट बस्ती र शिरमा झर्ने विभिन्न झरनाहरु बगरफाँट गाउँका आकर्षण बनेका छन् । सदरमुकाम बेनीबजारदेखि करिब दुई किलोमिटरको यात्रापछि पुगिन्छ कोप्रे र उडाइनो झरनामा । करिब २०० मिटर उचाई रहेको कोप्रे छहरा र २५० मिटर उचाइ रहेको उडाइनो झरना मुख्य सडकको १०० मिटर दक्षिणी भागमा अवस्थित छ ।
यहाँ दैनिक एकसय देखि दुईसय सम्म युवायुवती पुग्ने गर्दछन् । यहाँ दुई वटा झरना रहेका छन् । एउटा कोप्रे र अर्को उडाइनो झरना । यी दुवै भरना युवायुवतीका लागि खुशीका अनमोल खजाना बनेका स्थानीय गेमबहादुर घर्तीमगरले बताउनुभयो ।
बेनी नगरपालिका–२ बगरफाँटमा पर्ने उडाइनो झरना र कोप्रो झरना दुवै वडाका आकर्षक झरना हुन् । बेनपा– ३ भकिम्लीको तोराखेतबाट झर्ने उडाइनो झरना र कोप्रे झरना पानीको स्थायी स्रोत नहुँदा हिउँदमा सुक्ने र बर्खामा बग्ने गर्दछन् ।पूर्वाधार विकास र प्रचारप्रसार गर्नसके आकर्षक पर्यटकीय गन्तव्यस्थलका रुपमा विकसित हुँदै गरेको लभहिल, टोड्के, भकिम्लीको स्वर्गाश्रम जस्तै अर्को पर्यटकीय गन्तव्य बन्नसक्ने स्थानीयको भनाइ छ ।
आन्तरिक र बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य बन्ने सम्भावना भएको झरना करिब २५० मिटर अग्लो छ । झरना सदरमुकाम बेनीबजारदेखि करिब ४५ मिनेटको दूरी र बेनी–बगरफाँट–वरंजा सडकअन्तर्गत बगरफाँट गाउँबाट एक हजार मिटर दक्षिणमा पर्दछ ।
रमणीय जङ्गलका बीचमा रहेको झरना वरिपरि जङ्गली जनावर र पुशपक्षीको बासस्थानसमेत छ । प्राकृतिकस्वरुप नबिग्रने गरी सुविधायुक्त पर्यटकीय पूर्वाधार व्यवस्थापनका लागि योजना बनाएर यसको विकासमा लाग्न स्थानीयले नगरपालिकासँग माग गरेका छन् ।
अन्य दिनभन्दा छुट्टिका दिनमा यहाँ घुम्न आउनेको सङ्ख्या बढी हुने गरेको पाइएको छ भने किशोरकिशोरी र युवा समूहले बढी अवलोकन गर्ने गरेका स्थानीयवासीको भनाइ रहेको छ । यी दुई झरना पर्यटकीयस्थल लब्ली हिलपछिको दोस्रो बढी तस्वीर खिचिने स्थान भएको बेनीबाट झरनामा घुम्न जानुभएका पत्रकार प्रताप बानियाँले बताउनुभयो ।
रमणीय जङ्गलका बीचमा रहेको झरना वरिपरि जङ्गली जनावर र पुशपक्षीको बासस्थान समेत छ । प्राकृतिकस्वरुप नबिग्रने गरी सुविधायुक्त पर्यटकीय पूर्वाधार व्यवस्थापनका लागि योजना बनाउनुपर्ने स्थानीयको माग रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच