
जसोजसो बराजै उसैउसै स्वाहा
लोक समाजले लाखौंलाख वर्षका आँसु हाँसो, रोदन र उल्लासबाट बनाएका उक्ति वेदका ऋचाजस्तै ध्वन्यात्मक मात्रै छैनन् अपौरुषेय पनि छन् । ‘क्रिण्वन्तुविश्वमार्यम्’ विश्वलाई नै उत्कृष्ट र श्रेष्ठ बनाउने उद्घोष गर्नेका सन्तानले बोल्ने कुरो यो देशका दुईजना महान् व्यक्तिले बोलेका थिए ‘...आगे यो देश भन्याको दुई ढुंगाका बीचको तरुलजस्तो रहृयाछ’ र ‘... १५ वर्षमा म यो देशका सबै जनतालाई म जस्तै मध्यम वर्गमा रूपान्तरण गर्न सक्छु’ ।
दुई ठूला देशका च्यापमा परेको देशका रूपमा रहेको देश हो, यो भनेर चिन्ने महापुरुषका सन्तान नाम नखुलेको कालो पदार्थ भक्षी बने भने १५ वर्षमा देशका सबै बासिन्दालाई एक पेट खान र एक आङ लाउन सक्ने बनाउँछु भन्ने उद्घोष कर्ताका उत्तराधिकारी वाइडबडी कान्ड, सुनकाण्ड, नागरिकलाई भुटानी शरणार्थी बनाएर डलर कमाउने, त्यतिले पनि नपुगेर पद, पैसा र शक्तिसत्ताका लागि ज्यानमारा राजनीतिक अपराधीको पाउमर्दन गर्न पनि नहिच्किचाउने दास दासी बनेर उदाए र जनतालाई कङ्गाल बनाए । देवशमशेरका छातीमा खड्ग शमशेरले आफ्ना घुँडाले थिचेर यही हो शासन गर्ने तरिका ? भनेर हप्काउँदा नजिकमा बसेका चन्द्रशमशेरले ‘स्वदेशी कुत्तालाई फलामका डन्डाले पेल्छु विदेशी कुत्तालाई सुनका जुत्ताले हिर्काउँछु’ भनन ठाहिँला भनेका थिए रे हो, त्यसैगरी रूखमा भोट हाल्न खोज्नेलाई निकाल्ने र घेराभित्रका हँसिया हतौडामा भोट हाल्न निर्देश गर्ने कांग्रेस सभापति पनि नेपाली प्रजातन्त्रवादीले व्यहोरेको रात बितेको छैन ।
विश्वेश्वरप्रसाद कोइरालाको चमत्कारपूर्ण व्यक्तित्व र मातृकाप्रसाद कोइरालाको धीरगम्भीर बौद्धिक ऊर्जा यदि एक ठाउँमा रहन पाएको भए यो देशको भाग्य नै अर्कै बन्नेथियो । ढिलो गरी राजनीतिमा आएको दण्ड डा.शेखर कोइरालाले १४औं महाधिवेशनमा भोग्नु पर्यो ।
यो र रणबहादुर शाहले विद्यावती राजयक्ष्मा लागेर मरेपछि काठमाडौंका प्रसिद्ध देवमन्दिरका मूर्तिमा मान्छेको तातो विष्टा दल्न लगाउनु समान होइन र ? यदि हो भने रणबहादुर शाहका पालाका नेपाली र चुनाव जित्नका लागि अप्राकृतिक गठबन्धन गरेका बेलाका नेपालीमा केही अन्तर देखियो त ? हिजो रणबहादुर बहुलाउँदा पनि मोहोर राखेर कुर्नेश गरेका थिए भने आजका शेर बहुलाउँदा पनि जीहजुर असल भयो दाइ गरेकै देखियो । खोइ चेत फिरेको ? खोइ आफूलाई चिनेको ? सधैँका दास दासीबाट के आस गर्ने ? बाहुन बजुले जसोजसो भन्छन् उसैउसै गर्ने यजमान सरहका मतदाताबाट र नेताले भनेपछि नर्कलाई पनि पवित्र गोबर देख्ने कार्यकर्ता भएका देशको अधोगति नभए कसको हुने त ? १२ बजे राति संविधान संशोधनलाई पनि यिनले माछो माछो भ्यागुतो नबनाउन् ।
भाइ फुटे गँवार लुटे
नेपाली कांग्रेसमा जुन दिनसम्म आन्दोलक र चिन्तक परिवारमा एकता थियो त्यो दिनसम्म कुनै पनि तागतले यससँग जुध्ने हिम्मत गर्न सकेको थिएन । २००७ सालका क्रान्तिको सफलता यसको प्रमाण हो र २०१५ सालको आमचुनावमा यस दलले पाएको दुईतिहाइ सिट पनि विपिको चमत्कारपूर्ण नेतृत्व, उनीमाथि जनताको विश्वासको सुपरिणाम थियो । आज आइपुग्दा कुनै पनि दलका नेता भनाउँदाको नामसम्म सुन्न चाहँदैनन् नेपाली जनता । बीपीमा पनि कमजोरी थिएन भन्ने होइन । पहिलो पटक २००९ सालमा विश्वेश्वरप्रसाद कोइराला र २००७ सालका सर्वोच्च कमाण्डर मातृकाप्रसाद कोइरालाका बीचमा मतभेद भएर पार्टीलाई नै दुई चिरा बनाइयो त्यस दिनदेखि नेपाली कांग्रेसमा भ्रातृकलह र बन्धुविग्रह आरम्भ भएको थियो ।
विश्वेश्वरप्रसाद कोइरालाको चमत्कारपूर्ण व्यक्तित्व र मातृकाप्रसाद कोइरालाको धीरगम्भीर बौद्धिक ऊर्जा यदि एक ठाउँमा रहन पाएको भए यो देशको भाग्य नै अर्कै बन्नेथियो । ढिलो गरी राजनीतिमा आएको दण्ड डा.शेखर कोइरालाले १४औं महाधिवेशनमा भोग्नु प¥यो । उनलाई ५१ किलाको मालाभित्र बाँधिएर देखिएका भाइ र बहिनी दुवैको सहयोग मिलेन । घरका सदस्य नै अरूका सहयोगी बनेर प्रत्यक्ष लाग्दा पनि डा.शेखर कोइरालाले पाएको मत र पछिल्ला चरणमा बढेको साँढे एक सय मतका मूल्यको व्याख्या बडेबडे षड्यन्त्रकारी र सुसांख्यविद्ले पनि गर्न सकेका छैनन् ।
डा.शशांक कोइरालाले पहिले नै म नेपालका समग्र मानवमध्य महामानव भनेर चिनिएका व्यक्तिको औरस सन्तान हुँ भन्ने बोध गरेर तदनुकूलको आचरण व्यवहार प्रदर्शन गरिदिएको भए आजको विकृति यो देश र जनताले भोग्नु देख्नुपर्ने थिएन । यो देशका कुनै पनि माइका लालले उनलाई हराउन सक्ने थिएनन् । अब उनको अति लुरेपन देखियो । अब उनले ब्युँझन खोज्नुको अर्थ छैन धेरै ढिलो भयो । ओलीको विकासका गफ र डा.शशांक कोइरालाको सक्रियता समान बनेर देखिए जनताका सामु । तर पनि १६औं महाधिवेशनतिर पालो आउन पनि सक्छ । यदि १५ महाधिवेशनका बेला ठीक निर्णय गरेर ठीक ठाउँमा उभ्भिन सके ।
बेलाबेला उनी मलाई शेरबहादुरजीले सहयोग गर्नुहुन्छ भनेर बोलेको सुनिन्छ । जीवनभरि सहयोग गरेका विमलेन्द्र निधिलाई उनले के गरे ? अब त डा.आरजु जो उनकी अंकशायिनी हुन् उनै आइन् त । पेरुंगे पेट लिएर संघर्षका मैदानमा होमिएका कार्यकर्ताको भाग खोसेर बालकृष्ण खाँड र शेरबहादुरले आआफ्ना पत्नीलाई सातौं आशमान चढाएको देख्दादेख्दै पनि आशाका त्यान्द्रामा पिङ खेल्नेलाई के भन्नेर खोइ ? प्रकाशमान सिंहले पनि अन्त्यमा आफू र आफ्नीलाई बेचेर लेनदेनबाट सिँढी चढेको सबैले देखेकै छन् ।
डा.शेखर र डा.शशांक कोइराला फेरि पनि घरको मूल ओछ्यानमा बसेर सल्लाह गरे भने नेपाली कांग्रेसमा सुधार, कार्यकर्तामा नयाँ उत्साह, समग्र राजनीतिमा शुद्धीकरण हुनसक्ने सम्भावना अझै मरेको भने छैन । यी दुई भाइलाई नदीका दुई किनारा बनाएर आ–आफ्नो दुनु सोझ्याउनेको ठूलो समूह छ अहिले पनि नेपाली कांग्रेसमा । यो कुरो बुझेर दुवै मिलेर कांग्रेसमा मनमौजीपनाका विरुद्ध हस्तक्षेपकारी क्रियाकलाप गरेनन् भने ‘चिडिया चुनलक खेत अब हाथ मल्ने होयेत की’ हुन पनि सक्छ । प्रकाशमान, डा.शशांक र डा.शेखरलाई नै पनि । अब यिनले दम्भ गर्ने ठाउँ सकिएको देखिन्छ । नपाउनेले केरा खाएर समाजमा निन्दा भएको कुरो नबिर्सौं ।
भुइँको टिप्दा पोल्टाको नखसोस्
नेपालकी अवतार नारी भनेर धेरै सञ्चारका साधनले सुमना श्रेष्ठलाई शिक्षामन्त्री भएका बेला औंल्याएका थिए भने उनले पनि हौसिएर प्रचण्डको सत्तालाई अकन्टक बनाउन विश्वविद्यालयमा खरदार बहिदार भर्ना गर्ने विधिको बीजारोपण पनि गर्न भ्याएकी थिइन् । नेपालका दुई सत्ता प्रेमीको लय मिलेको संकेत गर्दै त्यो बेला ओलीले विदेशमा बिहा गरेर गएकी चेली माईत आएर मन्त्री बनेको कथा हालेका थिए । ग्वाँचप्रसादहरूले नबुझेर उनीसँग स्पष्टीकरण पनि संसद्मा सोधेथे क्यारे । अहिले फेरि त्यसबेला निर्दलीय क्रियाकलापका शैलीमा सुमनाले गरेको कुमनायुक्त क्रियाकलापको फलाको ८०० जति शिक्षकलाई निकालेको या राजीनामा गर्न बाध्य पारेको ओलीमहात्म्य बेलाबेला सुन्न पाइन्छ ।
ओली र प्रचण्डका शेरका पछिलाग्दा फेरि अहिलेका तीन-चारवटा जस्तै समस्याका ढिकुरालाई सम्माननीय भनेर मुख खुम्च्याउनु नपरोस् भविष्यका नेपालीले । किनभने मझेरीमा झाडा उम्क्यो भने नसोहोरीकन बस्न सकिँदैन पीडा आफैंलाई हुन्छ भनेर ।
ओलीकी चेली विद्या भट्टराई झन् केकम ? यस्सो भेटेर खुसुक्क कुरा गरेर मिलाउन सकिने कुरालाई सामाजिक सञ्जालमा दिएर वाहवाही किन नलिने हँ ? हुन त केशरजंग बराल सगोत्री भए पनि पिण्डपानी नचल्ने कम्युनिष्ट हुन् तर पनि बडे खड्ग कुलपति भएका बेला खरदार खड्गलाई नै संरक्षण पनि हुने नाम पनि कमाइने वाह विद्या तिम्रो बुद्धि !! अर्कातिरकी विद्याका काखमा सुतेको एउटा बालकलाई बडेमाको खड्ग हानेर ४० दिन आयु बाँकी छँदै बडे खड्गले देवशमशेरलाई खड्गशमशेरले देखाएको बाटो देखाए । उता संसारै थेग्ने मै हुँ भनेर कुर्लने रविनामका अन्धकारको कर्तुत शेरओडारमा आरम्भ भएको छ ।
शेरले ओथरेका लोतीखरे डमरु गगन र विश्वप्रकाशका विरुद्ध ङार्रङुर्र गर्न लागेका छन् रे । प्रदीपका स्वप्नलाई पनि नेपाली सञ्चारले रविका कुर्लाइसँग दाँजेर पेटका कीरा मारेका समाचार सुनिन थालेका छन् । प्रदीप पनि रफ्तारमा काम कुरो मिलाउँदै जानुको बदला सञ्चारसेट अगाडि आएर कुर्लन थाले अमेरिका प्रत्यावर्तीत रविका झैँ । प्रदीपले फूर्ति होइन काम गरे पुग्छ । प्रचारमा पटक्कै नआउनु नै राम्रो हुन्छ । सयवटा टाउका भएको सर्प हो सञ्चार भनेको ‘थ्रीगर्गन्स हेड’ भन्ने कथा त पढेकै हृवौला । बद्री पाण्डे, प्रदीप पौडेल, विश्वप्रकाश शर्मा, गगन थापा, महेन्द्र यादव, रामकृष्ण यादव, सञ्जय गौतम आदि जस्ता धेरै युवकले होसियारीपूर्वक बोल्नु, देखिनु र प्रकट हुनुपर्छ ।
अन्यथा मौकामा चौका हान्न खोज्दा भुइँको टिप्दा पोल्टाको पोखिएला होश गर । अहिले रमेश लेखकलाई पनि विश्वविद्यालयका पदाधिकारी धम्क्याउनेलाई संरक्षण गरेको भन्ने टिप्पणी गर्न थालिएको छ । यस्तो काम नगरे राम्रो दाइले गरेकै गर्नुपर्छ भन्ने केही छैन । संविधान संशोधन गर्न, निर्वाचन पद्धति बदल्न, प्रदेशलाई व्यवस्थित गर्न र आरक्षण एवं समानुपातिकलाई पहुँचमा पुगेका व्यक्तिका स्वास्नीलगायत् आसेपासे थन्क्याउने कोठो (भकारी) हुन नदिन, राष्ट्रपतिमा जीवनका हरूवा र छेपाराले झैँ रङ बदल्न खप्पिस होइन जीवनभरिका आचरणमा नैतिकवान्, क्षमतावान् आदर्श र अनुकरणीय काम गरेका देश र विदेशमा पनि उच्च सम्मान पाउन सक्ने सम्भावना भएका व्यक्ति पुर्याउनेगरी राम्ररी व्यवस्था गर्न नैतिक बल नै चाहिन्छ र तर्कशक्ति उदार भाव, राम्रो चरित्रको दरकार पर्ने हुनाले न चुक्नुहोला है साथी हो ।
ओली र प्रचण्डका शेरका पछिलाग्दा फेरि अहिलेका तीन-चारवटा जस्तै समस्याका ढिकुरालाई सम्माननीय भनेर मुख खुम्च्याउनु नपरोस् भविष्यका नेपालीले । किनभने मझेरीमा झाडा उम्क्यो भने नसोहोरीकन बस्न सकिँदैन पीडा आफैंलाई हुन्छ भनेर ।‘...सको दैलोदेखो’ भन्ने उखानले पनि बताएकै छ । देश बनाउने दलले होइन असल चरित्रका मान्छेले हो । अतः नैतिकवान्, उदीयवान्, चरित्र भएका जुनसुकै दलका भए पनि राम्रो चरित्र भएका, असलनियतका नैतिक धरातलमा पैताला अड्याउनसक्ने जति नबिग्रुन भनेर सबैले चासो र चिन्ता राख्नुपर्ने बेला भएको छ । नालायकलाई नै पटकपटक लायक मान्न विवश बनाउने संविधान अब नबनोस् । क्षणमपि जीवेत् मनुष्यः शुक्लेन कर्मणा भन्ने हामी सबैले गायत्री जपे झैं जपौं ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच