हराएकी महिलाको ४८ दिनमा गाडेको अबस्थामा शव फेला, श्रीमानसहित ३ जना पक्राउ

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

-प्रकाश मैनाली

सर्लाही । गत जेठ २२ गतेदेखी हराइरहेकी पर्सा गाउँपालिका-१ की २० बर्षिया निशा यादवको ४८ दिन पछि शव  भेटिएको छ । मृतकका पिता कैलास राय यादव र ससुरा राम प्रताप रायले दिएको उजुरीको आधारमा प्रहरीले खोजतलास गर्दा घर नजिकैको खेतमा गाडिएको अबस्थामा निशाको शव भेटिएको थियो ।

घर परिवार तथा शंकित व्यक्तिहरुसँग सोधपुछ गर्दा निशाको श्रीमान बालदत्त भन्ने रमजेश कुमार राय, ससुरा राम प्रताप राय र देवर राजु यादवले निशालाई कर्तव्य गरी मारी आफ्नो घर देखि करिव ४ कि.मि.पूर्व उत्तर तर्फ रहेको आफ्नै खेतमा खाल्डो खनी पुरेको बयान दिएका थिए ।

प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, जिल्ला प्रहरी प्रमुख प्र.उ.प्रवीण पोखरेललगाएतको अनुसन्धान टोलीले उनिहरुले देखाएको स्थानमा खाल्डो खन्दा जलेको अवस्थामा जुटको बोरा, पराल, रातो रङको साडी तथा सडी गलेको अवस्थामा लाश फेला परेको थियो ।

घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?