हुम्ला । जिल्ला प्रहरी कार्यालय हुम्लाले सदरमुकाम सिमकोट तल्लो बजारमा आफै उम्रिएका गाँजाका बाेट फडानी गरेर नष्ट गरेको छ ।
तल्लो बजारमा रहेको मानसरोवर बहुमुखी क्याम्पस र हिमाली बहिरा तथा बौद्धिक अपांग आवासिय विद्यालय परिसरमा उम्रिएका गाँजाका बोटहरु नष्ट गर्ने अभियान सुरु गरेको छ । प्रहरीले आफ्नो नियमित कार्यक्रम अनुसार गाँजा नष्ट गर्ने कार्य गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय हुम्लामा कार्यरत प्रहरीको टोली खटिइ गाँजा उम्रेका स्थानमा गएर बोटहरु फडानी गर्ने कार्य गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक नरेन्द्र चन्दले बताउनुभयो ।
नेपाल प्रहरीको अभियान अनुसार जिल्लामा खेतबारी, बाटो र सार्बजनिक जग्गामा आफै उम्रिएका गाँजाका बोटलाई फडानी गर्ने सुरु भएको प्रहरी निरिक्षक चन्दले बताउनुभयो । हालसम्म हुम्ला जिल्लामा गाँजाको खेती गरेको नदेखिएको आफै उम्रेका बोटहरु नष्ट गर्ने कार्य गरिएको उहाँले बताउनुभयो ।
आउँदा दिनहरुमा पनि प्रहरीको सकृयतामा जिल्ला भरि नै गाँजाका बोटहरुलाई फडानी गर्ने अभियान सञ्चालन गर्ने र गाँजारहित जिल्ला बनाउने अभियान थालनी गर्ने जिल्ला प्रहरी कार्यालय हुम्लाले बताएको छ । जिल्लाका विभिन्न स्थानमा यतिबेला गाँजाका बोट आफै उम्रिएका हुन्छन् । ती बोटलाई प्रहरीको टोली खटिइ फडानी गरेर नष्ट गर्दै आएको छ । यो वर्ष मात्रै नभएर सदरमुकामसहित जिल्लाका विभिन्न स्थानमा उम्रिएका बोट नष्ट गर्दै आएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच