हाम्रा आँसु अर्थहीन छैनन् : साकिरा

Read Time = 3 mins

एजेन्सी/चर्चित पप गायिका शकिराको गत वर्षमात्रै ब्रेकअप भएको थियो । शकिरा स्पेनिस फुटबलर जेरार्ड पिकेसँग करिब १२ वर्षदेखि सम्बन्धमा हुनुहुन्थ्यो । यो जोडीको अचानक ब्रेकअपले फ्यानलाई स्तब्ध बनाएको थियो, यो जोडीको बिछोडको धेरै चर्चा भएको थियो । तर, त्यसपछि कसैलाई शकिरा र जेरार्डको अलग हुनुको कारण थाहा थिएन ।

फुटबल खेलाडी जेरार्डले शकिरालाई धोका दिएको हुनसक्ने अनुमान प्रशंसकहरूले गरेका थिए । तर पनि उहाँहरूले आधिकारिक बयान दिनुभएको थिएन । शाकिराले हालै एक पोष्टमार्फत आफ्ना फ्यानहरूलाई नयाँ वर्षको शुभकामना दिँदै ब्रेकअपको वास्तविक कारण बारे संकेत दिनुभएको छ । शाकिराको पोष्टमा उहाँका फ्यानकोे समर्थनमा भिड देखिएको छ ।

शकिराले नयाँ वर्षको अवसरमा स्पेनिस भाषामा लेख्नुभएको छ, ‘यदि नयाँ वर्षमा पनि हाम्रा घाउहरू ताजै छन् भने समयले मात्र राम्रो सर्जन बनेर निको पार्न सक्छ । यदि कसैले हामीलाई धोका दिए पनि, हामीले अरूलाई विश्वास गर्न बिर्सनु हुँदैन । अपमानको सामना गर्दा पनि आफ्नो मूल्य पहिचान गर्न नबिर्सनुहोस् । किनकी यो संसारमा ठग र धोका दिनेभन्दा धेरै राम्रा मान्छेहरू छन् । उदासीनता भन्दा धेरै सहानुभूति देखाउने मानिसहरू हामीलाई छोडेर जानेहरू भन्दा बढी सहयोगी हुन्छन् ।’ शकिराले थप लेख्नुभएको छ, ‘हाम्रा आँसु अर्थहीन छैनन् । तिनीहरूले माटोलाई सिंचाई गर्छन् जसबाट हाम्रो भविष्य राम्रो हुनेछ । हाम्रो आँसुले हामीलाई मानव बनाउँछ । जसले गर्दा मुटुमा हुने हरेक पीडालाई सहेर अगाडि बढ्ने शक्ति मिलोस् ।’

शकिरा र जेरार्ड सन् २०१० देखि एकअर्कालाई डेट गरिरहनुभएको थियो । दक्षिण अफ्रिकामा भएको विश्वकपमा शकिराको एल्बम ‘वाका वाका’को स्क्रिनिङका क्रममा यी दुईको पहिलो भेट भएको थियो । यसपछि, २०१३ मा एक साक्षात्कारमा, शकिराले पुष्टि गर्नुभएको कि उहाँ जेरार्डलाई माया गर्नुहुन्छ । यसअघि सन् २०११ मा जेरार्डले पनि सामाजिक सञ्जाल पोष्टमार्फत शकिराप्रति आफ्नो प्रेम व्यक्त गर्नुभएको थियो । शाकिरा र जेरार्डले स्टेजमा सबैको अगाडि एकअर्कालाई चुम्बन गर्नुभयो । शकिराले आफ्नो पोष्टमार्फत आफूलाई कसरी धोका दिइएको थियो भन्ने बताउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?