काठमाडौं । एनआइसी एसिया क्यापिटलको आठौँ वार्षिक साधारणसभाले ५२.५३ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गरेको छ । सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम चुक्ता पुँजीको ५२.५३ प्रतिशत (करसहित) का दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको कम्पनीले जनाएको छ ।
साथै साधारणसभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०८१ असारसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायत वार्षिक वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ । सो अवसरमा सञ्चालक समिति अध्यक्ष सन्तोषकुमार राठीले २० करोड चुक्ता पुँजी भएको कम्पनीले समीक्षा अवधिमा ३० करोडभन्दा बढी आम्दानी गरी १२ करोड १६ लाखभन्दा बढी खुद मुनाफा आर्जन गर्न सफल भएको बताउनुभयो ।
त्यसैगरी व्यवसायतर्फ असार मसान्त, २०८१ सम्म सात लाख ३९ हजार आठ सय ६८ डिम्याट खाता खोल्न सफल भएको, म्युचुअल फण्ड सेवाअन्तर्गत पाँचवटा बन्दमुखी र एउटा खुलामुखी योजना गरी जम्मा छवटा योजनामार्फत् पाँच अर्ब ५२ करोडभन्दा बढी रकम व्यवस्थापन गर्न सफल भएको कम्पनीले जनाएको छ । लगानी व्यवस्थापन सेवाअन्तर्गत सात सय चारजना ग्राहकबाट दुई अर्ब ११ करोडभन्दा बढीको रकम व्यवस्थापन गर्न सफल भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच