काठमाडौं । ओप्पोले नयाँ एआई फोन रेनो १२ नेपाली बजारमा सार्वजनिक गरेको छ, जसले इण्डस्ट्री-लिडिङ जेनएआई विशेषतासहित उत्पादनशीलता र सिर्जनशीलताको नयाँ सम्भावना खोल्ने कम्पनीको दाबी छ । रेनो १२ मा फ्युचरिस्टिक फ्लुइड डिजाइन र उच्च-शक्ति एलोय फ्रेमवर्क जस्ता विशेषता छन्, जसले नयाँ आकर्षक लुक सिर्जना गर्दा रेनो शृंखलामा सबैभन्दा मजबुत डिजाइन समावेश गरेको छ ।
मोबाइलमा आउने समस्या, दबाब र पानीबाट सुरक्षित राख्छ । यी दुर्ई मोडलमा ४ एनएम मिडियाटेक डाइमेन्सिटी ७३००-एनर्जी मोबाइल प्लेटफर्म पनि छ, जसले विशेष पावर दक्षता प्रदान गर्छ । रेनो १२ मा दैनिक प्रयोगका लागि विशिष्ट जेनएआई सुविधा समेटिएका छन्, जसमा अपडेट गरिएको एआई इरेजर समावेश छ । एआई इरेजरमार्फत् प्रयोगकर्ताले अनावश्यक व्यक्तिहरू र वस्तु पहिचान गरी फोटोमा संयोगवश आएका अनिच्छित व्यक्ति सजिलैसँग हटाउन सक्ने बताइएको छ ।
रेनो १२ को ब्याट्रीमा एनोड र क्याथोड संरचनामा लक्षित अप्टिमाइजेसनले रेनो सिरिजको फोनमा अहिलेसम्मकै हाइएस्ट इनर्जी डेनसीटी पाँच हजार एमएएच ब्याट्री सिर्जना गर्न मद्दत गरेको छ, जसले ब्याट्रीको साइज नबढाई चार वर्षभन्दा बढी ब्याट्री लाइफ र स्थायित्व प्रदान गर्छ । दुवै मोडलमा ओप्पोकोे ८० वाट सुपरभोक चार्जरले ब्याट्री एकदेखि देखि ३२ प्रतिशतसम्म १० मिनेटमा चार्ज गर्न सकिन्छ भने ४६ मिनेटमै शतप्रतिशत चार्ज हुन्छ । रेनो १२, १२ जिबी र्याम र ५१२ जिबीको मूल्य ६५ हजार नौ सय ९९ रुपैयाँ रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच