मुगु । २०६० साल वैशाख ३ गते मुगु जिल्ला स्थित रारा विमानस्थलमा पहिलो परिक्षण उडान गरियो ।
विमानस्थलमा सहजरुपमा जहाजले अवतरण गरेपछि सबै जनाले स्वागत गरे र त्यसयता निजि तथा सरकारी ध्वजा वाहक हवाईजहाजहरु चल्न थाले ।
हवाई जहाजले उडान भर्न लागेको २१ वर्ष भयो तर व्यवस्थित टर्मिनल भवन र यात्रु कक्ष नहुँदा यात्रुलाई सुरक्षा चुनौती तथा यात्रामा सकस हुने गरेको छ ।
रारा विमानस्थलमा रहेको नागरिक उड्डयन प्राधिकरण अन्तर्गत रारा नागरिक उड्डयन कार्यालयको टर्मिनल टावर २१ वर्षदेखि काठको टहरोबाटै संचालित हुँदै आएको छ ।
२०६० सालदेखि कच्ची धावनमार्ग र काठ टहरोबाटै एअर टार्फिक कन्ट्रोल गरेर जहाजको उडान तथा अवतरण सुरु गरिएको भए पनि अझै सुविधायुक्त टर्मिन टावर बन्न सकेको छैन ।
अहिले विमानस्थल खुल्ला रहेको र छाडा पशुचौपाया, मानिसको आवजावत हुने हुँदा यसले गर्दा जुनसुकै बेला पनि समस्या आउन सक्ने देखिन्छ ।
टर्मिनल टावर, यात्रु कक्ष नहुँदा यात्रुलाई बस्न, झरीको बेला ओत लाग्न,विमानसम्म सामान लैजान यात्रुहरुलाइ समस्या हुने गरेको स्थानिय गेहेन्द्र सम्शेर मल्ल बताउनुहुन्छ ।
'काठको टहरोबाट सेवा प्रवाह भइरहेको छ सुविधायुक्त टावर र टर्मिनल भवन बनाउने लागेको धेरै भयो । अझै बनाएका छैनन्, कस्को कमजोरी हो पूर्वाधार निर्माण नहुँदा हामीहरुले सास्ती भोग्नु परेको छ ।' अर्का स्थानिय सिंहबहादुर धामीले सास्ती सुनाउनु भयो ।
विमानस्थलमा टर्मिनल भवनसमेत नबन्दा कर्मचारीले समेत जोखिम मोलेर काम गर्नुपरेको छ । २०७२ सालमा ५ सय ७० मिटर लम्बाइ र २० मिटर चौडाइको धावनमार्ग कालोपत्रे गरे पनि मुख्य र संवेदनशील टावर टर्मिनल भवन नबन्दा समस्या भएको रारा नागरिक उड्डयन कार्यालय ताल्च मुगुका विमानस्थल प्रमुख श्रीकृष्ण रिजालले बताउनु भयो ।
उहाँले भन्नुभयो 'टर्मिनल टावर अग्लो ठाउँमा हुनुपर्ने र चारैतिर देख्ने हुनुपर्दछ तर त्यो यहाँ छैन लामो समय देखि काठको टहरोमा एअर ट्राफिक कन्ट्रोलका उपकरणहरु राखी काम चलाउँदै आएका छौँ ।' उहाँले भन्नुभयाे, 'यो टहरोबाट रन्वे, जहाज स्टेशन केही देखिँदैन ।' त्यसले गर्दा काम गर्न जोखिम छ विमानस्थल प्रमुख रिजाल समस्या सुनाउनु हुन्छ ।
टर्मिनल टावर निर्माणका लागि आर्थिक वर्ष २०७५–०७६ सालमा नागरिक उड्डयन प्राधिकरणले पाँच वर्षअघि ९ करोड रुपैयाँ विनियोजन गरी ओमबुद्ध इन्टरनेसनल कन्स्ट्रक्सनसंग ठेक्का सम्झौता गरेको थियो । पाँच वर्ष बित्दा समेत ट्रमिनल भवन निर्माणको काम सम्पन्न हुन सकेको छैन ।
आयोजना स्थलमा ठेकेदार नियमित नबस्नु, निर्माणको काम अर्कालाई जिम्मा दिनु र प्राधिकरणले कामको नियमित अनुगमन नगर्नुले काममा ढिलाइ भएको भन्ने सुनिन्छ ।
यता निर्माण कम्पनिका सिभिल ईन्जिनियर विशाल कार्की हिमपात, वर्षा, कोरोना महामारी जस्ता कारणले टावर, टर्मिनल भवन निर्माणमा ढिलाइ भएको बताउँछन् । टर्मिनल भवन निमार्णको काम करिव करिव सम्पन्न भैसकेको छ तर टायल बिछ्याउने र रङरोगन गर्ने काम मात्र बाकी रहेको र त्यो काम पनि अन्तिम चरणमा पुगेको जानकारी गराउनु हुन्छ ।
पटक–पटक म्याद थपिने गरिएको छ भने अहिलेसम्म ७ पटकसम्म ठेक्काको म्याद थप भएको र अहिले पनि तीन महिनामा निर्माण सम्पन्न गर्ने गरी आगमी असोजसम्म म्याद थप भएको जनाइएको छ ।
रारा विमानस्थलमा नेपाल एयरलाईन्स ,तारा एयर, समिट एयर र सिता एयरले उडान भर्दै आएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच