वासिंटन । गुगलले एक महिना लामो अन्तरालपछि आफ्नो ‘जेमिनी एप’मा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) इमेज जेनेरेसन मोडल अपडेट भएको घोषणा गरेको छ । गुगल जेमिनी एप एआई सहायक प्रविधि हो ।
यसले रचनात्मकता र उत्पादकतालाई सुपरचार्ज गर्न मद्दत गर्ने सक्नेछ । यो आधिकारिक अनुप्रयोग निःशुल्क छ । गुगलले यस वर्षको सुरुमा उक्त सुविधा रोकेको थियो । यो एआई ‘टेक्स्ट-टु-इमेज जेनेरेटर इमेजेन-३’ उन्नत मोडेलमा सर्ने गुगलले पुष्टि गरेको छ । यो गत मेमा विकासकर्ता सम्मेलनमा पहिलो पटक घोषणा गरिएको थियो ।
अपडेट गरिएको उक्त संस्करणमा ‘फोटोरियलिस्टिक ल्यान्डस्केप’ र टेक्स्ट कमाण्डमार्फत चित्रहरू सिर्जना गर्ने क्षमता पनि समावेश छ । फोटोरियलिस्टिक ल्यान्डस्केप एक प्रक्रिया हो, जसमा-३ डी मोडेलबाट छविहरू विकास गर्न सकिन्छ । रासस/क्यूएनए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच