नेपालमा धार्मिक, राजनीतिक मात्र होइन कि सांस्कृतिक अतिक्रमणसमेत भइरहेको छ । गीत, नृत्य, संगीतमा समेत आक्रमण कसरी भइरहेको छ यसको ताजा प्रमाण अहिलेको छाडा तथा अश्लील तीजगीतहरू हुन् । यी तीजगीतहरूले रत्यौलीलाई पनि माथ गरेका छन् । यहाँ सःशुल्क व्यवसाय गर्ने गीतकार, संगीतकार र नर्तकनर्तकीहरूको कमी छैन । नारीलाई देवीबाट बजारको वस्तुमा परिणत गरिरहेका छन् । विज्ञापनहरूमा अर्धनग्न नारीको तस्वीर राख्ने गरेका छन् । कथित नाम र दामका लागि यहाँका आधुनिक नारीहरू पनि नांगिन तयार छन् । नेताहरूलाई त सर्वांग नांथिइसके बीच बाटोमा । अब नारीहरूको पालो ।
तीजको दर खाने भनेको तीजको अघिल्लो दिनमात्र हो तर यहाँ यस्तो विकृति फैलाइएको छ कि एक महिनादेखि पार्टी प्यालेसहरूमा दर खाने कार्यक्रम सुरु हुन्छ र त्यहाँ आधुनिक कहलिएका नारीहरू मादक पदार्थमा लट्ठ हुँदै अश्लील नृत्य गर्छन्, जुन परिवारसहित हेर्न लाज लाग्दछ । झन् त्यस्ता अश्लील नृत्यहरूको भिडियो अपलोड गरेर सामाजिक सञ्जालमा पोष्ट गर्न उनीहरू किञ्चित पनि लाज मान्दैनन् । यस्तो कर्म गर्दा उनीहरू गर्व बोध गरिरहेका छन् । यसबीच विष्णु माझीको गीतले बल्ल तीज आयो जस्तो लाग्यो । उनी आफूलाई बजारमा प्रदर्शन गर्न चाहन्नन् । प्रायः सबैले उनले गाएको गीत मन पराएका छन्, जबकि अरू अश्लील गीतहरूको तीव्र आलोचना भइरहेको छ ।
नेपालका नारीहरूलाई सांस्कृतिक रूपमा पतन गराउन बाहृय योगदानमा जीविका चलाउने अनेक संस्था छन् । ठाउँठाउँमा यस्तै उद्देश्यका लागि भित्री रूपमा काम गर्ने एनजीओहरूका महिलाले यस्ता छाडा तीज कार्यक्रम सञ्चालन गर्ने गर्छन् । सनातन धर्म तथा संस्कृतिमाथि एनजीओहरूमार्फत आक्रमण हुनेगरेको स्पष्ट छ । पतिपत्नीबीचको शारीरिक सम्बन्धलाई बलात्कारको रूप दिएर कैयौंको घरबार बिगारेका छन् उनीहरूले । नेपालको कानुन पनि आइएनजीओले बनाइदिएकाले पतिपत्नीबीच झगडा भएको सुइँको पाउनासाथ एनजीओका महिलाहरू त्यो घरमा पुगेर स्वास्नीलाई उचालेर प्रहरी र अदालतसम्म पुर्याएर सम्बन्ध विच्छेद गराउने काम गरिरहेका छन् ।
ब्रहृमचर्यको पालन अचेल न त पुरुषले गर्छन् न पश्चिमा रंगमा रंगिएका नारीहरूले नै । अथर्ववेदको ब्रहृमचर्य सूत्रमा नारीलाई विद्या ग्रहण गरिसकेपछि मात्र विवाह गर्न भनेको छ तर अचेल पश्चिमाको देखासिखी विवाहअगाडि नै लिभिङ टुगेदरमा बसेर विवाहअगाडि नै ब्रहृमचर्य नष्ट गर्ने गरेका छन् ।
उनीहरूलाई सम्बन्ध विच्छेदपछि पतिबाट पाउने सम्पत्ति, पछि पुनर्विवाह गर्न पाउने आदि लोभलालचमा पारेर घरबार बिगार्नेमात्र होइन उनीहरूको सन्तानको भविष्य पनि बिगारेका छन् । सरकारले सनातन धर्म संस्कृतिमाथि आक्रमण गर्ने यी आइएनजीओ र एनजीओहरूमाथि प्रतिबन्ध लगाउनुपर्ने हो । तर, कसले गर्ने ? सबैभन्दा बढी एनजीओ एमालेकै छन्, त्यसपछि कांग्रेसको र अरू दलहरूको पनि अलि-अलि छन् । जुनदेशको संविधान एउटा विदेशी संस्थाले तयार पारिदिन्छ त्यो देशको शासकले कसरी एनजीओमाथि प्रतिबन्ध लगाउन सक्छ ? एनजीओहरू भए आफ्ना कार्यकर्ताले पनि जागिर पाएर दलप्रति सदा कृतज्ञ रहने भए ।
हाम्रो वेदले नारीलाई उच्च स्थानमा राखेको छ । हामी नारीलाई देवी भन्छौँ तर आज पश्चिमाले हाम्रा नारीलाई देवीवाट बेबी बनाइदिएको छ । ऋग्वेदमा भनिएको छ । एउटी पत्नी प्रातःकालमा उठेर यो उद्गार व्यक्त गर्छिन् ‘यो सूर्य उदय भएको छ, यसको साथै मेरो सौभाग्य पनि माथि चढ्दै गएको छ । म मेरो घर र समाजको ध्वजा हूँ, त्यसको शिर हूँ । म ठूलो व्याख्यात्री हूँ, मेरो पुत्र शत्रुविजयी हुन्, मेरी पुत्री संसारमा चम्किन्छिन् । म स्वयम् शत्रुलाई जित्नेवाली हूँ । मेरा पतिको असीम यश छ । मैले त्यो त्याग गरेकी छु जसले गर्दाइन्द्रले विजय पाउँछन् । मैले पनि विजय प्राप्त गरेकी छु । मैले आफ्नो शत्रु निस्तेज गरी दिएकी छु । त्यो सूर्यमाथि आएको छ, मेरौ सौभाग्य पनिमाथि उठेको छ ।
मलाई थाहा छ मैले आफ्नो प्रतिस्पर्धीहरूलाई जितेर मैले पतिको प्रेम फेरि पाएँ । म प्रतीक हूँ, म शिर हूँ, म सबैभन्दा प्रमुख हूँ र म अहिले भन्दैछु कि मेरा पतिले मेरो इच्छानुसार नै आचरण गरून् । मेरा प्रतिस्पर्धी कोही छैनन् । मेरो पुत्रले हाम्रा शत्रुहरूलाई नाश गर्नेछ । मेरी पुत्री रानी हो र म विजयशील हूँ । मेरो र मेरा पतिको प्रेमको व्यापक प्रसिद्धि छ । हे प्रबुद्ध मैले त्यो अर्घलाई अर्पित गरेकी छु, जो सबैभन्दा बढी उदाहरणीय छ र यसरी मैले सबैभन्दा बढी सामथ्र्य र प्रसिद्ध बनेकी छु । म स्वयंलाई आफ्ना प्रतिस्पर्धीहरूबाट मुक्त गरेकी छु । यो मन्त्रको आराधनाकर्ता, ऋषिका र देवता इन्द्रपत्नी शचि हुन् । ऋग्वेदमा स्त्रीहरूलाई भनिएको छ वीर हुनु, सुविज्ञ हुनु, यशस्वी हुनु, रथमा सवारी गर्नु, विदुषी हुनु, सम्पदाशाली र धनवान हुनु, बुद्धिमति र ज्ञानवती हुनु, परिवारको रक्षक हुनु र सेनामा जानु, तेजोमति हुनु । जबकि बाइवलमा नारीलाई आत्मा नभएको प्राणी भनिएको छ, आज पश्चिमा संस्कृति अँगाल्दा नेपाली नारीहरू पनि आत्माविनाको प्राणी बन्न गएका छन् ।
ब्रहृमचर्यको पालन अचेल न त पुरुषले नै गर्छन् न पश्चिमा रंगमा रंगिएका नारीहरूले नै । अथर्ववेदको ब्रहृमचर्य सूत्रमा नारीलाई विद्या ग्रहण गरिसकेपछि मात्र विवाह गर्न भनिएको छ । तर अचेल पश्चिमाको देखासिखी विवाह अगाडि नै लिभिङ टुगेदरमा बसेर विवाह अगाडि नै ब्रहृमचर्य नष्ट गर्ने गरेका छन् । जसले गर्दा आउने सन्तति पनि अधोपतनको खाल्डोमा जाने निश्चित छ । वेदमा भनिएको छ कन्याहरू पनि ब्रहृमचर्यको सेवनबाट पूर्ण युवती र विदुषी भएरमात्र विवाह गर्नु । अथर्व वेदमा भनिएको छ, मातापिताले आफ्ना कन्यालाई पतिको घर जानुअगाडि बुद्धिमत्ता र विद्या बलको उपहार दिनु तर अचेलका मातापिताले आफ्ना सन्तानलाई यशुकुलमा पढाएर न त संंस्कार दिन्छन् र न त विद्याबल ।
घर आएपछि कसरी पतिलाई लिएर अलग बस्ने ध्याउन्न हुन्छ आजका नारीको, किनकि उनीहरूलाई स्वतन्त्रता चाहिएको छ, नारीहरूलाई संस्कारी जीवन नभएर उच्छृंखल जीवन चाहिएको छ जो घरमा प्राप्त हुँदैन । अथर्व वेदमा भनिएको छ विदुषी, सम्माननीय, प्रसन्न चित्त पत्नी सम्पत्तिको रक्षा र वृद्धि गर्छिन् र घरमा सुख ल्याउँछिन् । हे स्त्री, तिमीले हाम्रो घरमा प्रत्येक दिशामा ब्रहृम अर्थात् वैदिक ज्ञानको प्रयोग गर्नू । हे बधू, विद्वानहरूको घरमा गएर कल्याणकारिणी तथा सुखदायिनी भएर तिमी विराजमान होऊ, हे बधू, ऐश्वर्यको अदृश्य डुंगामा बस र आफ्ना पतिलाई सफलताको तटमा लग । हे वर, यी कन्याले तिम्रो कुलको रक्षा गर्नेछिन् । यी अनन्त कालसम्म तिम्रो घरमा निवास गरुन् र बुद्धिमत्ताको बीज रोपण गरून् । विवाहमा पुरोहितले दिने आशीर्वाद हुन् यी ।
जसले वेदको दर्शन पनि गरेका छैनन्, त्यस्ता पश्चिमाका हण्डी खानेहरू र पश्चिमा संस्कृतिको र पन्थको अनुसरण गर्नेहरूले मात्र हाम्रो धर्म, संस्कृति, सभ्यता नष्ट गर्न लागिरेका छन् । इण्डियाबाट आयातीत सम्प्रदायको पछाडि लागेर हाम्रो धर्म, संस्कृतिको मानमर्दन गर्न पछाडि नपर्नेहरूको संख्या पनि बढ्दो छ ।
अथर्व वेद नारीमा अगाडि भनिएको छ, यी नारीहरू शुद्ध, पवित्र र यज्ञीय छन्, यिनीहरूले प्रजा, पशु र धन दिन्छन् । यी नारीहरू श्ुाद्ध स्वभाव भएका, पवित्र आचरण भएका, पूजनीय, सेवायोग्य, शुभचरित्र भएका र विद्वतापूर्ण छन् । हे मातृभूमि, कन्याहरूमा जुन तेज छ त्यो मलाई देऊ, स्त्रीहरूमा जुन सेवनीय ऐश्वर्य तथा कान्ति छ, हे भूमि, ऊसँग हामीलाई पनि मिसाऊ । स्त्रीहरू कहिल्यै दुःखले न रोउन्, यिनलाई निरोगी राख र रत्न, आभूषण यिनीहरूलाई लगाउन देऊ । सभा र समितिमा गएर स्त्रिहरू भाग लिऊन् र आफ्नो विचार प्रकट गरून् । मातापिताले आफ्ना कन्यालाई पतिगृह जाँदा बुद्धिमत्ता तथा विद्या र बल उपहार दिएर पठाऊन्, मातापिताले कन्यालाई दाइजो नै दिनुछ भने ज्ञानको दाइजो दिनू तर अचेल न त मातापिता वेदाध्यायी छन् न त सन्तान ।
प्रायःजसो कन्याका माताहरूले आफ्ना पुत्रीलाई परिवारबाट अलग भएर बस्ने सल्लाह दिन्छन् । परिवारको परिभाषा साँघुरो पार्ने काम माइतीबाटै सुरु हुन्छ र बाँकी कसर पुत्रीले पूरा गरिहाल्छन् । यी सबै हाम्रो पश्चिमा शिक्षाको प्रभाव हो । वेदले नारीहरूमाथि कहिल्यै प्रतिबन्ध लगाएको छैन । उनलाई सदैव विजयिनी भनिएको छ । वैदिक कालमा नारी अध्ययन अध्यापनदेखि लिएर रणमैदानमा पनि जाने गर्थे । धेरै विदुषीहरू वेदको ऋचाहरूको रचयिता हुन् र यी ऋषिकाहरूमा अपाला, घोषा, सरस्वती, सर्पराज्ञी, सूर्या, सावित्री, अदिति, दाक्षायनी, लोपमुद्रा, विश्ववारा, आत्रेयी, मैत्रेयी आदि हुन् । अथर्व वेदमा भनिएको छ, हे पत्नी हामीलाई ज्ञानको उपदेश देऊ । बधूले आफ्नो विद्वता र शुभ गुणहरूले पतिगृहमा सबैलाई प्रसन्न गरुन् ।
तर, अपवादबाहेक आजका बधूहरू स्वर्ग जस्तो घरलाई नर्क बनाउन कुनै कसर बाँकी राख्दैनन् । ऋग्वेदमा भनिएको छ, स्त्री र पुरुष दुवैलाई शासक बन्ने अधिकार छ । पैतृक सम्पत्तिमा पुत्र र पुत्रीको समान अधिकार हुन्छ भनेर वेदले भनेको छ तर आज हामीलाई यो कुरा पश्चिमाले सिकाउनुपरेको छ । जसले वेदको दर्शन पनि गरेका छैनन्, त्यस्ता पश्चिमाका हण्डी खानेहरू र पश्चिमा संस्कृतिको र पन्थको अनुसरण गर्नेहरूले मात्र हाम्रो धर्म, संस्कृति, हाम्रो सभ्यता नष्ट गर्नलाई अहोरात्र लागिरेका छन् । इण्डियाबाट आयातित सम्प्रदायको पछाडि लागेर हाम्रो धर्म, संस्कृतिको मानमर्दन गर्न पछाडि नपर्नेहरूको संख्या पनि बढ्दो छ ।
आरएसएसको पछि लागेरसमेत हाम्रो धर्म संस्कृतिलाई समाप्त पार्नेको संख्या पनि यहाँ कम छैन । जब कुनै देशबाट उसको धर्म, उसको संस्कृति, उसको मौलिकताको अन्त्य गरिन्छ तब त्यो देश पनि समाप्त भएर जान्छ र हाम्रो संस्कृति समाप्त पार्न पश्चिमी रंगमा रंगिएका तिनका दानापानी र पश्चिमाको हण्डी खाने नारीहरू, गीतकार, साहित्यकार, बुद्धिजीवी आदिसमेत लागिरहेका छन् । हाम्रो सनातन धर्म तथा संस्कृति नै समाप्त भएर गए देश स्वतः समाप्त हुनेछ । बाइबलमा जसरी नारीलाई आत्मा नभएको प्राणी भनिएको छ त्यसरी नै नेपाल पनि आत्मा नभएको देशमा परिणत हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच