काठमाडौं । आज भाद्र कृष्ण औँसी अर्थात कुशे औँसी पर्व वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृ कार्यमा प्रयोग गरिने पवित्र कुश घर-घरमा भित्र्याउने गरिन्छ । पितृ आमावस्या अथवा गोकर्णे औँसीको दिनलाई कुशे औँसी पनि भनिन्छ ।
यसैदिन ब्राहृमण पुरोहितका हातबाट नयाँ कुश ग्रहण गरी त्यसैले वर्षदिन भरको देव पितृ कार्यहरू सम्पन्न गरिन्छन् । त्यस दिनबाहेक ब्राहृमणहरूले अरू दिन कुश काट्दैनन् ।
कुश भनेको एक प्रकारको धार्मिक दृष्टिबाट पवित्र घाँस हो । कुश उत्पत्तिबारे विभिन्न धार्मिक शास्त्रमा आ-आफ्नो किसिमको मतभेद पाइन्छ । कुशको महिमालाई श्रीमद्भागवत् गीता, गरुड पुराण, अथर्व वेद र विष्णु पुराणमा समेत वर्णित छ । सनातन धर्मका हरेक पूजाआजा अनि कर्मकाण्डहरूमा यो एउटा अत्यावश्यक वनस्पति हो ।
यस्ताे छ कुशको धार्मिक महत्व
हिन्दू धर्मशास्त्रमा कुशलाई भगवान विष्णुको प्रतिकका रुपमा मानिन्छ ।श्रीस्वस्थानीको कथा अनुसार भगवान विष्णुले पतिब्रता बृन्दालाई छल गरी अस्तित्व लुटेपछि बृन्दाले विष्णुलाई चार किसिमका श्राप दिएकी थिइन् । त्यसमध्ये घाँस हुनुपर्ने श्राप पूरागर्नका लागि विष्णुले कुशको रुप धारण गरेको धार्मिक जनविश्वास छ ।
पुरोहितले आ–आफ्ना यजमानका घरमा कुश ल्याइदिने र त्यसलाई पूजा गरी पूजा कोठामा राखिने परम्परा छ । यसरी कुश घरभित्र ल्याउँदा शुभ हुने मान्यता राखिएको छ ।
वैदिक सनातन हिन्दू संस्कारमा कुश एउटा अत्यन्त महत्वपूर्ण सांस्कृतिक र धार्मीक भूमिका भएको पवित्र वनस्पती हो जसको वैज्ञानिक महत्व पनि प्रमाणीत भइसकेको छ ।
वैज्ञानिक भाषामा एराग्रोस्टिस साइनोसुराइड्स भनिने कुश एउटा धार्मिक आस्था बोकेको धारीलो घाँस हो । नेपालको तराईदेखि पहाडसम्म सहजै पाइने वनस्पती कुशको जराबाट बिभिन्न प्रकारका औषधीहरु पनि बनाइन्छ ।
कुश वैदिक सनातन संस्कारको देवकर्म र पितृकर्म दुबैमा अनिवार्य वनस्पति हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच