जीवनवृत्ति र तुलना

Read Time = 12 mins

‘सँगैका साथी हवाईजहाज माथि म भैंसी गोठालो...’ भन्ने गीतले हाम्रो समाज र हाम्रो सामाजिक चिन्तनलाई प्रतिबिम्बन गरेको छ । हाम्रा जीवनवृत्ति एक अर्काको तुलनामा बित्ने गर्दछन् । विशेषतः आर्थिक तुलना यसमा पनि विशेष रहने गर्दछ । अन्यपक्षलाई हाम्रो मानिसिकताले कम प्राथमिकतामा राख्ने गर्दछ । देखिने कुरा आर्थिक नै अधिक हुने गर्दछन् । भौतिक रूपमा देखिने सम्पन्नताको तुलना हाम्रा मस्तिष्कले चाँडै गरिरहेका हुन्छन् । ‘सँगैका साथी सम्पन्न भइसके आफ्नो यो गति छ’ भन्ने धारणा मनमा निरन्तर उद्वेलित भइरहन्छ । आत्मिकभन्दा पनि भौतिक उन्नतिले समाजमा अर्कै प्रभाव पार्ने गर्दछ ।

आर्थिक रूपमा सम्पन्न व्यक्ति सबैकुराले परिपूर्ण हुन्छ भन्ने धारणाले निरन्तर कार्य गरिरहेको हुन्छ । यो वर्तमान समयको प्रभाव पनि हो । सधैँ यस्तै रहँदैन । वर्तमानको समयलाई पैसाले जितेको छ । यसैले हामी पैसाको सर्वोपरीमा निरन्तर चलिरहन्छौँ र एक अर्काको तुलना पनि आर्थिक दृष्टिले नै गरिरहेका हुन्छौँ । तर, सधैँ यस्तो हुँदैन । पैसाले राम्रो ओछ्यान किन्न मिले पनि मीठो निद्रा किन्न पाइँदैन । धन केवल विनिमयको माध्यम मात्र हो । मान्छेले राम्रो गाडी चड्दैमा ऊ सम्पन्न र उच्चकोटिको हो भन्ने हाम्रो सामाजिक अवधारणा बन्न पुगेको छ ।

ऋणको जतिसुकै ठूलो भारी बोकेर घर किनेको छ भने देख्नेले घर देख्छन् बैंकको ऋण देख्दैनन् । यसैगरी राम्रो गाडीमा चडेका व्यक्ति सधैँ सुखी र आनन्दित ठान्ने सामाजिक मनोवृत्ति पनि हामीमा रहन्छ । चाहे त्यो गाडी ऋणमा कुदिरहेको होस् त्यो सरोकारको विषय हुँदैन ऊ त्यो महँगो गाडी चढ्ने हैसियतको भयो भन्ने अर्थिक तुलना प्रतितुलना हामीमा निरन्तर जागिरहन्छ ।

हामी आफूमै परिपूर्ण व्यक्ति हौं । वेदान्तले यसै ‘अहं ब्रहृमास्मि’ भनेको होइन । स्वयं ब्रहृमस्वरूप हौं हामी । हामीमा अथाह स्रोतको भण्डार छ, अनन्त वियवस्तु प्रप्तिका उपाय छन् । जसले जति यत्न गर्छ त्यसले त्यति नै प्राप्त गर्दछ ।

संसारमा जति पनि मानव छन् सबै सबैको भिन्न प्रकृति छ । सबैको भिन्न आर्थिक स्थिति पनि विद्यमान छ । कोही कसैसँग तुलनायोग्य हुँदैन । सँगैका साथी हुन् वा सँगै जन्मिएका जुम्ल्याहा नै किन नहुन् सबैमा भिन्न प्रकृति विद्यमान हुन्छ । सबैका क्षमता भिन्न भिन्न हुन्छन् । भिन्न सोच, भिन्न सामथ्र्य रहेको हुन्छ । यसैले सँगैको भनी कोही कसैसँग तुलना गर्नु आफैँलाई गलित तुल्याउनु हो ।

उन्नतिका शिखर चढ्न खोज्नु आम मानवीय प्रवृत्ति हो । जसमा निरन्तर संघर्षरत हुनु पनि हामी सबैको मानवीय कर्म नै हो । राम्रो लगाउने, मीठो खाने, सुख, शान्ति उन्नति र समृद्धि सबैका प्राथमिकतामा हुन्छन् । तर यी सबै कसैको कसैसँग तुलना गर्न योग्य भने हुँदैनन् । स्वयं हातका औँला बराबर छैनन् भने यो संसारमा कसैको बराबर कोही पनि छैन । हाम्रो समाजमा आर्थिक मापन अधिक हुने गर्दछ । तर जुनसुकै कुराको मापन गरे पनि हरेक व्यक्ति भिन्न हो । उसको तुलना कसैसँग पनि हुन सक्दैन । यदि तुलना हुन्छ भने स्वयं आफैँसँग मात्र हुन्छ । आफ्नो उद्देश्य के हो ? लक्ष के हो ? प्राप्ति के भइरहेको छ ? आफू आफैँमा सन्तोषको श्वास फेर्न सकिरहेको छ छैन आदि कुराको नै विचार हुनसक्छ ।

मान्छे आर्थिक रूपले कहिल्यै सम्पन्न हुनसक्दैन र अब भयो भन्ने हुँदैन । जति भयो उति नपुग्ने वस्तु नै धन हो । धनले सम्पन्न यो धर्तीमा कोही पनि छैनन् । संसारका धनी व्यक्ति पनि धन कमाउनकै निम्ति निरन्तर लागिपरिरहेका छन् । यसैले धन महाकवि देवकोटाले भनेजस्तै हातको मैल नै हो । आज छ भोलि नहुन पनि सक्छ । त्यसैले अर्थार्जनमा मान्छे जुटिरहेकै हुन्छन् ।

हामी आफूमै परिपूर्ण व्यक्ति हौँ । वेदान्तले यसै ‘अहं ब्रहृमास्मि’ भनेको होइन । स्वयं ब्रहृमस्वरूप हौँ हामी । हामीमा अथाह स्रोतको भण्डार छ, अनन्त वियवस्तु प्रप्तिका उपाय छन् । जसले जति यत्न गर्छ त्यसले त्यति नै प्राप्त गर्दछ । जे कुरा चिताउँछ सोही प्राप्त गर्नसक्छन् । समय श्रम धेरै वा थोरै हुनसक्छ । तर चिताएका कुरा मन्छेले साध्य गर्नसक्छन् त्यो समाथ्र्य हामीमा छ । तदनुसारको निरन्तर कर्ममा उद्यत भने रहन सक्नुपर्दछ । कर्मयोगी बन्ने व्यक्तिले नै जीवनमा सफलता प्राप्त गरेका छन् ।

यत्न कसरी र कति गर्छौं ? कुन कुरा प्राप्तिका निम्ति के कस्तो यत्न आवश्यक छ यस विषयले नै तलमाथि पारिरहेको हुन्छ । पैसा हावामा उडिरहेको छ टिप्न सक्ने सीप क्षमता र सामथ्र्य चाहिन्छ । जसले जति सामथ्र्यले यत्न गर्दछ सोही प्राप्त गर्न सक्दछन् । हाम्रो परं लक्ष भने पैसा होइन केवल साधनमात्र हो । साध्य परं आनन्दको प्रत्याभूति हो । किनकि पैसाले वस्तु किन्न पाइएन भए त्यसको कुनै मूल्य रहँदैन । पैसा त केवल विनिमयको माध्यम मात्र हो ।

आर्थिक सम्पन्नतामात्र जीवन होइन । जो जस्तो छ त्यसलाई सम्मान गर्ने भावनाको विकास गर्न सक्नुपर्दछ । समदृष्टिको भावना मननमा जागृत गर्न सक्नुपर्दछ । सबैको कल्याणाको भावना राख्न सक्नुपर्दछ । तबमात्र आफ्नो र अरुको पनि कल्याण सम्भव छ ।

जसरी अर्जुनले लक्ष्य भेदन गर्न केवल लक्ष्यमात्र देखे उनै सर्वश्रेष्ठ धनुर्धर भए । हामीले पनि लक्ष्य कस्तो राख्ने त्यसैमा निर्भर गर्दछ । लक्ष्य भेदन गर्नेले केवल लक्ष देख्छ र सो प्राप्तिका निम्ति निरन्तर प्रयत्नशील रहन्छ । सर्वप्रथमतः लक्ष्य निश्चित हुनुपर्दछ । अरू धनुर्धारीलाई लक्ष्यमा के के देखिरहेका छौ भन्दा चराका नाक, कान, आँखा, बुटो आदि हरेक वस्तु देखे केवल लक्ष्यलाई मात्र देखेनन् त्यसैले ती सर्वश्रेष्ठ धर्नुधर बन्न सकेनन् । अर्जुनले केवल चराको आँखा लक्ष्य रहेको र सोमात्र देखे उनी सफल भए । हरेक कार्यक्षेत्रमा यसैगरी हामी अघिबढ्न ससक्नुपर्दछ । तबमात्र सफलता प्राप्त हुन सम्भव छ । यत्न नगरी अरूसँग तुलना गरेर न त आर्थिक समृद्धि मिल्न न त भौतिक न आध्यात्मिक ।

आर्थिक सम्पन्नता मात्र जीवन होइन । जो जस्तो छ त्यसलाई सम्मान गर्ने भावनाको विकास गर्न सक्नुपर्दछ । ‘आत्मवत् परद्रव्येषु’ भन्ने भावनाको विकास गर्न सक्नुपर्दछ । समदृष्टिको भावना मननमा जागृत गर्न सक्नुपर्दछ । सबैको कल्याणाको भावना राख्न सक्नुपर्दछ । तबमात्र आफ्नो र अरुको पनि कल्याण सम्भव छ । अरूको कुभलो चिताउनेले आफ्नो उन्नति गर्न सक्दैनन् । जसरी महाभारतमा सकुनीले केही पनि पप्त गर्न सकेनन् । यसैले ‘बसुधैव कुटुम्बकम्’ को भावना नित्य मनमा राख्नुपर्दछ भनी हाम्रा ऋषि महर्षिले उपदेश गरेका छन् । जसमा गूढतम रहस्य लुकेको छ । एक अर्कासँग तुलना कोही कसैसँग पनि हुँदैन । किनकि हामी सबै भिन्न प्रकृतिका छौँ ।

हामीमा हरेक गुण र वृत्ति सूक्ष्मरूपमा भिन्न छन् । सबै कुरा एउटै भए पनि हामी भिन्न छौँ । हरेक व्यक्तिका नाक, कान, अँखा, मुख आदि सबै समान भए पनि चेहेरा एउटै छैन । शारीरिक बनावट एउटै छैन । मानसिक वृत्ति एउटै छैन । शारीरिक क्षमता एउटै छैन । हरेकमा भिन्न भिन्न वृत्ति भएकाले हामी सबै भिन्न हौँ र हामीमा स्वकीय पन भिन्नै छ । यसैले एकको तुलना अर्कोसँग हुँदैन । कोही धनको गरीब त कोही मनको गरीव हुनसक्छन् । कर्मको फलभोग जसको जेजस्तो छ सोही हुन्छ र त्यसमै हामी र हाम्रो समय निरन्तर चलिरहन्छ ।

संसारमा सम्पनन्नताको आँधी चल्नु मानसिक प्रक्रिया हो । सामाजिक दृष्टिले पनि यस्तो प्रभाव रहनसक्छ । हामी सबै सम्पन्न नै छौँ । कसैको गाडी, घर हुनु सम्पन्न हुनु होइन । किनकि त्यो भएका व्यक्तिले अब मलाई पुग्यो म सम्पन्न छु भन्दैनन् । हामीले आफैँलाई पनि त विचार गरेर हेर्न सक्छौँ आफूभन्दा कम आर्थिक स्थिति भएकाले तपाईंलाई नै सम्पन्न भनिरहेका हुन्छन् । यसरी हामीले केवल आर्थिक विषयलाई नै तुलनाको केन्द्रबिन्दु बनाइरहेका हुन्छौँ र आफ्नो अमूल्य समयलाई खेर फालिरहेका हुन्छौँ । यसैले कोही कसैको कुनै कुरासँग पनि तुलान गनृ मिल्दैन । हामी सबै सबैमा परिपूर्ण छौ । किनकि ‘पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते’ अर्थात् पूर्णबाट पूर्ण निकाल्दा पनि पूर्ण नै हुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?