स्वयम्भु क्लबको दोस्रो जित

Read Time = 1 min
A A- A+

काठमाडौं । शहीद स्मारक ‘सी’ डिभिजन लिगमा स्वयम्भु क्लबले दोस्रो जित निकालेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार दिउँसो भएको खेलमा स्वयम्भुले ओएसिस क्लबलाई १-० गोलअन्तरले पराजित गरेको हो ।

स्वयम्भुका लागि ललित चौलागाईंले गरेको गोल नै निर्णायक बन्यो । खेलको छैटौँ मिनेटमा ललितले गोल गरेर स्वयम्भुलाई अग्रता दिलाउनुभएको थियो । खेलमा स्वयम्भुका निमेश मोक्तान म्यान अफ द म्याच घोषित हुनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?