रुसले गर्‍यो युक्रेनको हतियार भण्डार नष्ट

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

-फाइल तस्बिर

मस्को । रुसी सेनाले युक्रेनको खमेलनित्स्की क्षेत्रको बोग्दानोव्त्सीमा अमेरिका निर्मित एचआईएमएआरएस रकेट प्रणालीको एउटा हतियार भण्डार नष्ट गरेको रुसको रक्षा मन्त्रालयले जनाएको छ । उक्त घटनाका बारेमा स्वतन्त्र ढंगले पुष्टि गर्न बाँकी छ ।

रुसले यसअघि युक्रेनलाई पश्चिमले आपूर्ति गरेको एचआईएमएआरएस प्रणालीहरू नष्ट गरेको दाबी गरेको थियो । तर, उक्त दाबीलाई किभले अस्वीकार गरेको थियो । पछिल्लो समयमा रुसले पूर्वी युक्रेनलाई निशाना बनाएको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?