फुटसल टोलीको मुख्य प्रशिक्षकमा गौरव

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाली राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा गौरव बस्नेत नियुक्त हुनुभएको छ । मंगोलियामा आयोजना हुने आगामी एएफसी फुटसल एसियन कप छनोट २०२४ को अखिल नेपाल फुटबल संघ एन्फाले उहाँलाई टोलीको जिम्मेवारी दिएको हो ।

यस्तै, सहायक प्रशिक्षकको जिम्मेवारी थम्मन भुसाललाई दिइएको छ । एन्फाका महासचिव किरण राईले सोमबार दुवै प्रशिक्षकलाई नियुक्ति पत्र हस्तान्तरण गर्नुभयो । बस्नेतले यसअघि किर्गिस्तानको बिसकेकमा २०२२ मा भएको एएफसी फुटसल एसियन कप छनोटमा राष्ट्रिय टोलीको जिम्मेवारी सम्हाल्नुभएको थियो ।

एएफसी फुटसल एसियन कप २०२४ छनोटको समूह ‘डी’मा नेपाल भियतनाम, दक्षिण कोरिया र मंगोलियासँगै समूहमा परेको छ । प्रतियोगिताका खेल यसै वर्षको अक्टोबर ७ देखि ११ सम्म मंगोलियामा हुनेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?