बलात्कार आरोपमा २ जना पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा धादिङ गंगाजमुना गाउँपालिका ९ घर भई काठमाडौं नागार्जुन नगरपालिका ४ सितापाईला बस्ने ३४ वर्षीय सुरज अधिकारीलाई  प्रहरीले पक्राउ गरेको छ ।

अधिकारीले ती किशोरीलाई काठमाडौं महानगरपालिका १५ कारखाना चोकस्थित होटलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई मंगलबार बिहान पक्राउ गरेको हो ।

यस्तै  १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पर्साको ठोरी गाउँपालिका १ दिपकनगर बस्ने ५९ वर्षीय रामचन्द्र क्षेत्रीलाई  प्रहरीले पक्राउ गरेको छ । क्षेत्रीले ती किशोरीलाई सोही ठाउँस्थित सिंङगे खोलाको बगरमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?