नेपाल स्काउट र खड्का डेभलपमेन्टबीच विवाद बल्झियो, लैनचौर ब्यांक्वेट तुरुन्त खाली गर्न माग

Read Time = 2 mins

काठमाडौं । नेपाल स्काउट र खड्का डेलभपमेन्टबीचको विवाद फेरि बल्झिएको छ । यसअघि पटकपटक स्काउटको स्वामित्वमा रहेको तथा हाल भाडामा खड्का डेभलपमेन्टले प्रयोग गरिरहेको विषयमा दुई पक्षबीच विवाद हुँदै आएको थियो ।

विवादकै क्रममा दुवै पक्षबीचको कलह अदालतसम्म पुगेको थियो । पाटन उच्च अदालतबाट नेपाल स्काउटको पक्षमा फैसला भइसकेको र उक्त जग्गा खाली गर्न फैसलामा समेत निर्देशन दिइएको स्काउटले जनाएको छ । तर कम्पनीले जग्गा खाली गर्नुको साटो उल्टै एक करोड ९५ लाख १९ हजार रुपैयाँ भाडासमेत नतिरेको स्काउटको आरोप छ ।

कम्पनीले बिहीबार बालबालिकाको आवासीय प्रशिक्षण चलिरहेका बेला लैनचौर ब्यांक्वेटस्थित भवनमा प्रहरी प्रशासनलाई गुण्डागर्दी शैलीमा पठाएर कार्यक्रम बिथोलेको भन्दै स्काउट थप आक्रोशित बनेको हो । गैरकानुनी हर्कत र बलमिच्याईं नगर्न चेतावनी दिँदै उक्त जग्गाबाट उठ्न कम्पनीलाई चेतावनी दिएको स्काउटले अदालतको फैसला कार्यान्वयनमा सहयोग गरिदिन सरकारसँग मागसमेत गरेको छ ।

खड्का डेलभपमेन्ट नेपाली कांग्रेसका सांसद दीपक खड्काको स्वामित्वको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?