बालेन्द्र साहलाई फोहोर उठाउने सन्दर्भमा सरकारको भर नपर्न योगेश भट्टराईकाे सुझाव

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाण्डौं । प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले काठमाडौंमा ७१ दिनदेखि फोहोर उठ्न नसकेको भन्दै सरकारको आलोचना गर्नुभयो । उहाँले काठमाडौं महानगरपालिकाको मेयर बालेन्द्र साहलाई फोहोर उठाउने सन्दर्भमा सरकारको भर नपर्न सुझाव दिनुभयो । प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै सांसद भट्टराईले यस्ताे बताउनुभएकाे हाे ।

उहाँले एमाले सहयोग गर्न तयार रहेको भन्दै ठोस प्रश्तावसहित एमालेसँग सम्वादमा आउनका लागि मेयर साहलाई आग्रह पनि गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘यसअघि काठमाडौंको फोहोर १४ दिनसम्म नउठेको इतिहास छ । आज ७१ दिन भयो प्रधानमन्त्रीले कुनै पहल गर्नुभएको छैन । सम्बन्धित मन्त्रीहरु बेखबर छन् । त्यस्तै झाडापखाला, हैजा लगायत काठमाडौंको फोहोरले काठमाडौंलाई डुङ्डुङ्ती गन्हाउने अवस्थामा पुगेको छ । यो सरकारले कुनै पहलकदमी गर्न सक्दैन । यो सरकारको हुत्ति पनि छैन । त्यसैले म सरकारको ध्यानाकर्षण गर्दिन आज । म काठमाडौंका मेयर बालेन साहलाई भन्न चाहन्छु, आउनुहोस् ठोस प्रश्तावसहित नेकपा(एमाले)सँग त्यो भिजन छ । दृष्टिकोण छ । नेकपा(एमाले) पूर्ण क्षमताका साथ तपाईलाई सहयोग गर्न तयार छ । यदि तपाई सरकारको भर पर्नुभयो भने तपाई असफल हुने निश्चित छ । काठमाडौंको बर्बादिन हुनेछ । सांस्कृतिक शहर काठमाडौंलाई सबै मिलेर रक्षा गरौँ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?