आजको मौसमः कोशी र गण्डकी प्रदेशमा मेघ गर्जनसहित पानी पर्ने

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । हाल देशमा पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । कोशी प्रदेशलगायत देशका पहाडी भू-भागका थोरै स्थानहरुमा  मेघ गर्जन र चट्याङ्गसहित हल्का रक्षणिक वर्षाको सम्भावना रहेको छ ।

उता राती भने देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ ।

देशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग र हावाहुरीसहित हल्का र क्षणिक वर्षाको सम्भावना हुनाले मेघगर्जन र चट्याङ्ग तथा  हावाहुरीबाट हुन सक्ने क्षति बाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?