फ्रान्स । स्टार स्ट्राइकर केलियन एमबाप्पे स्पेनिस क्लब रियल मड्रिड गएपछि डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) उस्तै नरहने आँकलन गरिएको थियो । तर, एमबाप्पेबिना पनि पिएसजी फ्रेन्च लिग वानको नयाँ सिजनमा उत्कृष्ट सुरुवात गर्न सफल भएको छ । आइतबार पिएसजीले लिलमाथि ३-१ को जित हात पारेको हो ।
योसँगै तीन खेलबाट १३ गोल गरेको पिएसजी तीन खेलबाट नौ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ । पिएसजीले हाभ्रेलाई ४-१ र मोन्टपेलियरलाई ६-० ले हराएको थियो । खेलको ३३औँ मिनेटमा भिटिन्हाले पेनाल्टीमार्फत् गोल गर्दै टोलीलाई अग्रता दिलाउनुभएको थियो । त्यसको तीन मिनेटपछि ब्राडली बारकोलाले गोल गर्दै डिफेन्डिङ च्याम्पियनको अग्रता दोब्बर पार्नुभयो । ७८औँ मिनेटमा इडोन झेग्रोभाले गोल गर्दै लिललाई २-१ मा ल्याउनुभयो ।
तर, दोस्रो हाफको इन्जुरी समयमा कोलो मुआनीले गोल गर्दै टोलीलाई ३-१ ले जिताउनुभयो । आइतबार राती भएको खेलमा मोनाको र लेन्सले १-१ गोलको बराबरी खेले । अन्य खेलमा नाइसले एन्जर्सलाई ४-१, हाभ्रेले अक्सेरेलाई ३-१ र रिम्सले रेनेसलाई २-१ ले पराजित गरे । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच