
अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाको खहरे खोलामा नुहाउने क्रममा खोलाले बगाएर दुई युबा बेपत्ता भएका छ्न्।
मङ्गलबार दिउँसो १४स्२५ बजेको समयमा जिल्लाको शितगंगा न.पा-१४ ढावा स्थित छहरे खोलाबाट बगेको झर्नामा नुहाउने क्रममा कपिलबस्तुको बाणगंगा न.पा.२ का बर्ष २८ का उमेश पौडेल र सोही ठाउँमा बस्ने बर्ष २३ को किशोर रासकोटी बगेर बेपत्ता भएको प्रहरी चौकी सिमलपानीले जनाएको छ ।
बेपत्ता भएको खबर प्राप्त भए लगत्तै चौकीबाट प्र.स.नि. गिरबहादुर थापाको कमाण्डमा २ जनाको प्रहरी टोली र इलाका प्रहरी कार्यालय ठाडाबाट प्र.नि. रबिन्द्र चन्दको कमाण्डमा ११ जनाको प्रहरी टोली खोजतलासको लागि घटनास्थलतर्फ गएको छ।
अहिले स्थानीय बासिन्दा र प्रहरीको टोली मिलेर बेपत्ता युबाको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय ठाडाले जनाएको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच