बर्लिन । जोशुआ किमिचले जर्मनीको कप्तानीको जिम्मेवारी सम्हाल्नुभएको छ । म्यानचेस्टर सिटीका मिडफिल्डर इल्के गुन्डोगानले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएपछि किमिचले जर्मनीको कप्तानीको जिम्मेवारी सम्हाल्नुभएको हो ।
युरोकप २०२४ मा जर्मनीका लागि पाँचै खेल खेल्नुभएका ३३ वर्षीय गुन्डोगानले क्वाटरफाइनलमा स्पेनसँग पराजित भएपछि गत महिना ८२ क्याप खेलेर अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिनुभएको थियो ।
सन् २०१६ मा जर्मनीका लागि डेब्यु गर्नुभएका २९ वर्षीय किमिचले राष्ट्रिय टोलीका लागि ९१ खेल खेल्नुभएको छ । बुन्डेसलिगाका लागि राइट ब्याक र मिडफिल्डरका रूपमा खेलिरहनुभएका किमिचले शनिबार डसेलडोर्फमा हुने नेसन्स लिगमा हंगेरीको सामना गर्दा जर्मनीको नेतृत्व गर्नुहुनेछ । रियल मड्रिडका सेन्टर ब्याक एन्टोनियो रुडिगर र आर्सनलका फरवार्ड काई हाभर्ट्जले उपकप्तानको जिम्मेवारी सम्हाल्नुहुनेछ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच