
रुपन्देही । लुम्बिनी प्रदेश सरकारले शुक्रबार लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।
हरितालिका तीजको ब्रत बस्ने दिनको अवसरमा लुम्बिनी प्रदेशभर बिदा दिइएको लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव राजेन्द्र प्रसाद पन्थीले एक विज्ञप्ति सार्वजनिक गर्दै बिदा दिईएको जानकारी गराउनु भयो ।
लुम्बिनी प्रदेश सरकारको २०८० चैत २० गतेको बैठकको निणर्य बमोजिम यहि भदौ २१ गते सार्वजनिक बिदा दिईएको जानकारी गराउनु भयो ।
बिज्ञप्तीमा लेखिएको छ – लुम्बिनी प्रदेश सरकार (मन्त्रिपरिषद्) को मिति २०८०/१२/२० गतेको निणर्यानुसार मिति २०८१/०५/२१ गते शुक्रवारका दिन हरितालिका (तीज) व्रतको अवसरमा लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा दिने निणर्य भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच