
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतले सफाई दिएको भ्रष्टाचारको मुद्दामा चित्त नबुझेपछि राजकुमार थापा र बुद्धिविलास धितालविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
प्रतिवादी थापा र धितालमाथि शिक्षक छनौट प्रक्रियामा स्नातकोत्तर तहको ट्रान्सक्रिप्ट फिर्ता गर्न घुस बापतको रूपमा १६ हजार लिएको आरोपमा अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
अदालतले मिति गत साल मंसिर १३ गते उनीहरूलाई सफाई दिएको थियो । उक्त सफाईमा चित्त नबुझेपछि अख्तियार सर्वोच्च पुगेको हो ।
विशेष अदालतले प्रतिवादीले शिक्षक छनौट प्रक्रियामा राखिएको खर्चको रूपमा उक्त रकम माग गरेको र भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को कसुर हुनका लागि आवश्यक पर्ने प्रमाण नदेखिएको भन्दै सफाई दिएको थियो ।
अदालतले प्रतिवादीले गरेको कामलाई घुसररिसवत नभई विद्यालयको लागि आवश्यक खर्चको रूपमा लिएको निष्कर्ष निकालेको थियो ।
अख्तियारले प्रतिवादीले रकम लिएको स्वीकार गरे तापनि, शिक्षा ऐन तथा नियमावलीमा विद्यालयले शिक्षक छनौट प्रक्रियामा खर्च माग गर्न पाउने व्यवस्था नरहेको र सो रकम विद्यालयको खातामा जम्मा नगरी नगद रूपमा माग गरिएको तर्क गर्दै विशेष अदालतको फैसला त्रुटिपूर्ण भएको दाबी गरेको छ ।
सर्वोच्चमा गरिएको पुनरावेदनमा अख्तियारले विशेष अदालतको निर्णयलाई बदर गरी प्रतिवादीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार सजाय कायम गर्न माग गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच