मालिका गाउँपालिका अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेस विजयी

Read Time = 1 min

चन्द्रकान्त खनाल
रुपन्देही । गुल्मीको मालिका गाउँपालिका अध्यक्षमा माओवादी कन्ेद्रका देवीराम अर्याल निर्वाचित हुनुभएको छ ।
अर्यालले ६ हजार १ सय ७६ मत ल्याएर गाउँपालिका अध्यक्षमा विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका रितबहादुर थापाले ४ हजार ६ सय १७ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै नेपाली कांग्रेसका उपेन्द्र अर्याल ६ हजार ३ सय ३४ मतका गाउँपालिका उपाध्यक्षमा विजयी हुनुभएको छ । अर्यालका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी रनमाया पुनले ४ हजार ६ सय ९२ मत प्राप्त गर्नुभएको छ । मालिका गाउँपालिकाका ८ वटा वडामा सत्तारुढ गठबन्धनका प्यानलनै विजयी भएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?