लागुऔषधसहित पाँचजना पक्राउ

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । अवैध लागुऔषधसहित पाँच जना पक्रउ परेका छन । नेपाल प्रहरीका अनुसार कास्की, पोखरा महानगरपालिका-९ चिप्लेढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर ३३ ग्रामसहित दुईजनालाई  प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-२९ तालचोक बस्ने ३२ वर्षीया राममाया कुमाल र भारत घर भएका ३२ वर्षीय अनारुल इश्लाम रहेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरि कञ्चनपुर, भिमदत्त नगरपालिका-४ कवडहल नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १७ मिलिग्राम र नगद १४ हजार ५ सय रूपैयाँसहित २५ वर्षीय निराजन बोहरालाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीलाई भिमदत्त नगरपालिका-४ बाट उक्त पदार्थसहित फेला पारी पक्राउ गरेका हुन । प्रहरीका अनुसार म.२ प ४०३८ नम्बरको मोटरसाइकलसमेत प्रहरीले उनको साथबाट बरामद गरेको हो ।

यता मोरङ, बिराटनगर महानगरपालिका-१५ स्थित १ नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ  करिब ६५ मिलिग्रामसहित ३० वर्षीय भानु लावतीलाई  प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.१९ प ६५९० नम्बरको मोटरसाइकलमा सवार पाँचथर तुम्बेवा गाउँपालिका-३ बस्ने लावतीलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

यस्तै कैलाली, भजनी नगरपालिका-५ कव्वाखेडाबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ३ ग्राम ८० मिलिग्रामसहित १८ वर्षीय किशोरलाई  प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका सोही नगरपालिका-३ कनैयापुर बस्ने किशोरलाई प्रहरीले उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?