काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेरिस पारालिम्पिक-२०२४ मा ऐतिहासिक कांस्य पदक जित्न सफल पलेशा गोबर्धनसहितको पारा तेक्वान्दो टोलीलाई भेट गरी बधाई दिनुभएको छ । टोलीलाई खुमल्टारस्थित आफ्नै निवासमा भेटगरी पूर्वप्रधानमन्त्री दाहालले बधाई दिनुभएको हो ।
सो अवसरमा पूर्वप्रधानमन्त्री दाहालले आफू प्रधानमन्त्री हुँदा पनि खेलकुदलाई उच्च प्राथमिकता दिएको बताउँदै पलेशाको सफलताले विश्वभर रहेका सम्पूर्ण नेपालीले गौरव गर्ने अवसर प्राप्त गरेको बताउनुभयो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङले पेरिस पारालिम्पिकका लागि राष्ट्रिय खेलकुद विकास नियमावली-२०७९ मा व्यवस्था भए अनुसारको नगद पुरस्कारका लागि राखेपले सिफारिश गरिसकेको जानकारी गराउँदै स्वयंसेवक प्रशिक्षक कविराज नेगी लामालाई पनि राखेपमा प्रशिक्षकमा नियुक्तिका लागिसमेत सिफारिश गरिसकेको अवगत गराउनुभयो ।
सो अवसरमा पलेशाका बुबा प्रदीप, प्रशिक्षक लामा, पारालिम्पिकमा तेक्वान्दो टोलीका व्यवस्थापक एवं राखेपका सदस्य रामचन्द्र श्रेष्ठ, नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशमशेर राणा, महासचिव दीपराज गुरुङलगायत पदाधिकारीको उपस्थिति थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच