आर्मी राष्ट्रिय बास्केटबलको फाइनलमा

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाल आर्मी प्रथम राष्ट्रिय खुला बास्केटबल प्रतियोगिताको पुरुषको फाइनलमा प्रवेश गरेको छ । नखिपोटस्थित आयोजक नखिपोट युथ क्लबको हलमा आर्मीले गोल्डेनगेटलाई १०५-६३ ले पराजित गर्‍यो । आर्मीका आयुश सिंह र निश्चल महर्जनले समान १९-१९ स्कोर गर्नुभयो ।

चारै क्वाटरमा आर्मीले अग्रता हासिल गर्‍यो । पहिलो क्वाटरमा ३२-१५ को अग्रता लिएको आर्मीले अग्रतालाई निरन्तरता दिँदै २४-१५, २८-१९ र २१-१४ स्कोर गर्‍यो ।
यता आयोजक ग्रिनल्यान्ड र पृथ्वीले १५औँ क्विक्स÷ग्रिनल्यान्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गल्र्समा विजयी सुरुवात गरेका छन् ।

ग्रिनल्यान्डले फेरिल्यान्डलाई २०-१२ ले पराजित गर्‍यो । ग्रिनल्यान्डको जितमा जेनिशा श्रेष्ठले ७ अङ्कको योगदान गर्नुभयो । बबिता घिमिरेको ९ अङ्क सहयोगमा पृथ्वीले लालीगुराँस नेसनल एकेडेमीलाई २०-१० ले हरायो ।

सिनियर ब्वाइजमा टिआइएले फेरिल्यान्डलाई २९-१८, सेन्ट जोसेफले स्कोलर्स होमलाई ३८-१० र गोल्डेनपिकले पृथ्वीलाई ३३-१७ ले हराए । टिआइएका स्वीकृत अधिकारीले १३, सेन्ट जोसेफका निकेश तामाङले १२ र गोल्डेनपिकका दिनेश पालले १३ अङ्क जोड्नुभयो ।

धापासीस्थित आफ्नै कोर्टमा भइरहेको प्रतियोगिताको जुनियर ब्वाइजमा गोल्डेनपिकले स्कोलर्स होमलाई १७-८, लालीगुराँसले ग्रिनल्यान्डलाई १९-११ र वसुन्धारा नेसनल एकेडेमी (बिएनए) ले ओडिसीलाई २३-१३ ले पन्छाए । गोल्डेनपिकका डायमन्ड राईले नौ तथा बिएनएका सेशाङ गुरुङले नौ स्कोर गर्नुभयो ।

प्रतियोगिताको प्याब्सनका केन्द्रीय उपाध्यक्षसमेत रहनुभएका ग्रिनल्यान्डका प्राचार्य थकिनकुमार गुरुङ र ग्रिनल्यान्डका भाइस प्रिन्सिपल विनोद घिमिरेले संयुक्तरूपमा एक कार्यक्रमबिच उद्घाटन गर्नुभएको थियो । भदौ ११ गतेसम्म चल्ने प्रतियोगिताको सिनियर ब्वाइजमा १६, जुनियर ब्वाइजमा १४ र सिनियर गल्र्समा नौ टिम सहभागी छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?