जुम्ला । जुम्लाको हिमा गाउँपालिकालाई शनिवार साक्षर घोषणा गरिएको छ । जिल्लाका आठ स्थानीय तहमध्ये साक्षर घोषणामा हिमा पहिलो स्थानीय तह बनेको छ । गाउँपालिकाले सार्वजनिक गरेको तथ्यांकअनुसार हिमाको कूल जनसंख्या १२ हजार आठ सय चार छ । तीमध्ये १२ हजार दुई सय ५६ जना अर्थात् ९५ दशमलव ७२ प्रतिशत नागरिक साक्षर भएका जनाएको छ ।
स्नातकोत्तर तहसम्म अध्ययन गरेका ५५ , स्नातक गरेका एक सय ५५, प्रविणता प्रमाणपत्र तह उत्तीर्ण आठ सय जना छन् । उच्च माविसम्म अध्ययन गरेका एक हजार एक सय ९६, प्रवेशिका परीक्षा (एसएलसी) उत्तीर्ण गरेका ९५० र माध्यामिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेका एक हजार छ सय ४८ जना छन् ।
बालविकासतर्फ सामान्य साक्षरको संख्या ४२२ जना रहेको छ । पालिकामा रहेका प्रौढ जनसङ्ख्या एक हजार छ सय ६० जना र विद्यालय उमेरका पाँच हजार तीन सय ७० जना साक्षर रहेको हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मण शाहीको भनाइ छ । हिमाले शिक्षा क्षेत्रमा गरेको लगानीको प्रतिफल प्राप्त भएको छ । शिक्षा क्षेत्रलाई अझै विशेष प्राथमिकतामा राखेर काम गर्ने अतिआवश्यक रहेको कर्णाली प्रदेश सरकारका जलस्रोत तथा ऊर्जा विकासमन्त्री विजया बुढाले जानकारी दिनुभयो ।
जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले साक्षर घोषणा गरेर हिमाले महत्वपूर्ण उपलब्धि हासिल गरेको बताउनुभयो । हिमाले हरेक वर्ष ३३ प्रतिशत बजेट शिक्षा क्षेत्रमा लगानी गरिने प्रमुख प्रशासकीय अधिकृत रणबहादुर बुढाले जानकारी दिनुभयो ।
साक्षर घोषणा गर्नका लागि चाहिने १२ सुचकमध्ये अधिकांश सुचकहरु पूरा भएपछि । यो नतिजा आएको हो । बहुभाषिक शिक्षाको प्रर्वद्धन,पारस्परिक समझदारी र शान्तिका लागि साक्षरता भन्ने मुल नारासहित हिमालाई साक्षर गाउँपालिका घोषणा गरिएको गाउँपालिका उपाध्यक्ष सर्पना शाहीले बताउनुभयो ।
साक्षर गाउँपालिका घोषणा कार्यक्रममा वक्तित्वकला र देउडा कार्यक्रमहरु देखाइएको थियो । सो अवसरमा प्रशासकीय भवन निर्माणको लागि जग्गा प्रदान गर्ने जग्गादाताहरुलाई सम्मान समेत गरिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच