गत बिहीबारको अंकबाट क्रमशः
......केही पर पुगेकी क्रिष्टिना एकाएक हामीतिरै फर्किइ । मैले किन फर्किइ भनेर सोच्न नपाउँदै मेरो छेवैमा आएर विस्तारै ‘नृतिलाई के गिफ्ट किन्दिदा उचित होला ?’ भनेर मेरो कानैमा फुसफुसाइ । उसको फुसफुसावटले मलाई एक प्रकारको कुतकुती भयो भने नृतिको अनुहारमा के भनी भन्ने आशंकाको बादल छायो । मैले तुरून्त क्रिष्टिनालाई पर्दैन भनेँ र नृतितिर फर्किएर क्रिष्टिना तिमीलाई के गिफ्ट किन्दिने ? भनेर सोध्दै छे भनेर नृतिको मुहार उजिल्याउने यत्न गरेँ । क्रिष्टिनाका प्रस्ताव सुनेर नृतिले मलाई आत्तिएको लवजमा के को गिफ्ट विचरीले यत्रो खर्च एक्लै गरिरहेकी छ भनिनन् । म अब क्रिष्टिनालाई के भनौ भनेर सोच्न थालैँ । यही मौकामा नृतिले ठाडै अहिले केही पर्दैन भनिन् । नृतिले केही पर्दैन भने पनि क्रिष्टिनाले भारतीय र बंगालीको पसलबाट सिफन साडी किनौ भनेर एक छिन ढिपी गरी तर नृतिले अर्को पटक आएको बेला समय दिएर हेरौला अनि किनौला भनेर आज उसलाई मनाइन् । उनको अर्को पटक आउने प्रस्तावमा क्रिष्टिनाले हत्तपत्त स्वीकृति दिनुको अर्थ उसले पुनः मेरो सामीप्यता पाउने मौका पाउनु हो भन्ने मैले मनमनै अनुमान गरेँ ।
हामी गाडी चढ्यौ र हिँड्यौ । अमेरिका फराकिला राजमार्गमा हिँड्न थाले पछि मलाई मेरा देशका मार्गहरू कहिले यस्ता राजमार्ग होलान् भन्ने सोचले सदाझैँ अहिले पनि आक्रान्त पार्न थाल्यो । म देशका राजमार्गमा यसप्रकार भ्रमणको कल्पनामा लीन हुन थालेँ । मेरो तल्लीनता देखेर नृतिले पछाडिबाट चिटिक्क चिमोटिन् । यो चिमोट्याइले मलाई कताकता काँकडभिट्टाबाट इटहरी आइपुग्दा गाडीले उफारेर थचारेको दुखाइको अनुभूत भएझैँ भयो । मैले फर्किएर नृतिलाई के ? भयो भनेँ । उनले क्रिष्टिनासँग कुरागर्न संकेत गरिन् । उनले यसो गर्ने वित्तिकै सोचेँ बोल्दा पनि संशयले पिरोल्लिने अनि मौन बस्ता किन नबोलेको ! उसलाई नराम्रो लाग्दैन ? भनेर चिमोट्ने यो महिलाको द्वैत चरित्रलाई कसरी लिने ? मैले मनमनै ‘स्त्रीया चरित्रं, पुरूषस्य भाग्यम् दैवो नजानाति कुतो मनुष्यः” संझिएँ र तत्काललाई चित्त बुझाएँ ।
केही वर आएपछि क्रिष्टिनालाई बोल्नकै लागि ‘ज्याक्सन हाइटमा कमै आएकीछु तसर्थ मलाई त्यहाँको त्यति धेरै ज्ञान छैन भन्ने तलाई कसरी साडी दोकानसम्मको विस्तृत जानकारी भयो ?’ भनेँ । मेरो भनाइ सुनेर उसले फोन देखाउँदै ‘गुगल गुरू साथमा भएपछि जानकारीमा के कमी !’ भनी र मुस्कुराई । उसले यति भनिसक्ता मैले वास्तवमा यति सूक्ष्मकुरा नबुझेर सोध्नुको अर्थ म अझै पनि आधुनिक प्रविधिमैत्री वा प्रविधिमा अद्यतनः हुन नसकेको महसुस गरेँ ।
धन्यवाद दिएर फुत्कने विचार गरेँ र गाडीबाट उत्रिए । म उत्रन त उत्रिए तर केही बोल्न नपाउँदै क्रिष्टिनाले मेरो दाहिने हात तानी र म तलाई प्रेम गर्छु भनेर हातमा चुमी । दिउँसो त्यो भीडमा उसले मेरो गाला र ओठमा चुम्बन गरी तर अहिले यो सन्नाटामा हातमा चुम्बन गर्दैछे । मैले तत्काल यसको भाष्य बुझिन । म अल्लमल्ल भए । म छक्क परेँ । म निरुत्तर मूर्तिवत उभिए ।
म पुनः सोचमग्न भएँ यही बेला उसले ‘म कही कतै जानुपूर्व त्यस ठाउँको बारेमा गुगलमार्फत ज्यादाभन्दा ज्यादा जानकारी लिने कोसिस गर्दछु’ भनेर थप स्पष्टीकरण दिन थाली । मैले उसका कुरा चाखसँग सुन्ने बहानामा उसको अनुहारमा दृष्टि केन्द्रित गरेँ । हेर्दैजादा अहिले मलाई क्रिष्टिना सदाभन्दा पृथक साच्चै राम्री रहिछ जस्तो लाग्यो । हेर्दाहेर्दै उसको आँखाका नानी सल्बलाउँदा चञ्चल भ्रमरा कमल फूलमा रमण गरिरहेको देख्न थाले । उसको वदनमा कमलको कोमलता र गालामा लहराएका रेसमी सुनकेस्त्रामा आफैँलाई आमन्त्रणको भाखा देख्न थालेँ । गाडी हाक्दै उसले मलाई हेरेर छरेको मुस्कानमा म प्रातःकालीन रश्मिको आभा देख्न थालेँ । यसरी क्रिष्टिनाको मुहारमा तरंगित हुँदै गर्दा अघिमात्र उसले मेरो ओठमा जोडेका उसका पद्मझैँ मुलायम ओठको आश्वाद अहिले पो अनुभूत गर्न थालेँ र म मदहोस भए । म लठ्ठिएँ । सायद म लठ्ठिएको अनुभूत गरेर हो कि ? साच्चै झकाएको सोचेर हो नृतिले कोट्याएर हजुर निदाएको हो ? भन्दै सचेत गराउन खोजिन् । उनले यति भन्नासाथ अघिमात्र उनले त्यसको अनुहारमा के चुम्बक छ ? भनेको झट्ट सम्झिएँ र हत्तपत्त झन्डै निदाएँछु भन्दै उनको मुहारमा पुलुक्क हेर्न पुगेँ । उनी फिस्स हासिन् तर मैले हसाइको मर्म बुझिन ।
यति बेलासम्ममा हामी रकभील समीपमा आइपुग्यौ । गाडीको गति केही कम गर्दै क्रिष्टिनाले ‘के यहाँ कफी पिउने हो ?’ भनेर हाम्रो चाहना बुझ्न चाही । मैले होइन अब उतै पुगेर पिउला भनेँ । मैले यति भनिसक्दा नृतिले ‘हजुर कस्तो मान्छे ? उसको इच्छा नबुझि के सिधै नपिउने भनेको !’ भनेर मलाई सम्झाइन् । म झसँग भए र आफूलाई सच्याउन हत्तपत्त क्रिष्टिनालाई ‘तलाई इच्छा भए पिउन’ भनेँ । उसले ‘ठिकैछ बेसोर पुगेर नै पिउँला’ भनी र गाडीको वेग बढाइ ।
लगभग साँझ परिसकेकोले क्रिष्टिना चित्त एकत्रित गरेर गाडी कुदाउन थाली । यसै पनि अमेरिकाका व्यस्त सडक जसमा तीव्र गतिमा कुद्ने वाहनको बीचमा वाहन चलाउनु एक प्रकारले समुद्रमा तैरनुभन्दा कम हुँदैैन भनिन्छ । यो भनाइको पुष्टि आज सन्ध्याकालीन समयमा सनराइज हाइ वे को यो भीड र क्रिष्टनाको यो एकाग्रताले प्रमाणीत गरेको आभाष भइरहेको छ अहिले मलाई । म यो झिसमिसेमा बेलाबेला क्रिष्टिनातिर चियाउँदै नृतिका भनाइलाई सम्झन पुग्छु । वास्तवमा म भन्दा कति बुद्धिमान र व्यावहारिक छन् नृति ? विश्लेषण गर्दै गर्दा भरखरै उनले क्रिष्टिनाको इच्छा नबुझी मैले कफी नखाने भनेको कुरालाई सम्झिएँ । तुरून्त म अतीततिर फर्किए र मेरो जीवनमा उनी प्रवेश गरेपछिका यी तीस वर्षलाई कण्ठस्थ किताबका पानालाई पुनरावृत्ति गरेझैँ एकएक स्मरणगर्न थालेँ । उनी नआएको भए मेरो जीवन कस्तो हुने थियो होला ? म पृथक-पृथक गृहिणीसँगको गृहस्थी जीवनको परिकल्पनामा केहीकाल हराए र अन्ततः उनीसँग भेट नभएको भए व्यक्तिगत हिसाबले यति सुखी यति खुशी हुने थिइन होला भन्ने निचोड निकालेँ र लामो सास फेरेँ ।
वेसोर नजिकै पुगेपछि नृतिले स्टोरमा गएर कफी खाने प्रस्ताव राखिन् । उनले यो प्रस्ताव राख्ने वित्तिकै मैले बुझेँ उनी क्रिष्टिनालाई यहीबाट बिदा गर्न चाहन्छिन् । उनको भनाइमा म मौन भएर किष्टिनातिर हेरेँ ऊ मुसुक्क हासीमात्र । वेसोर पुग्ने वित्तिकै क्रिष्टिनाले गाडी ग्यास स्टोर्समा रोकी र तेल भर्न थाली । म सटासट स्टोरभित्र गएँ र कफी बनाउन थालेँ । मैले कफी बनाउञ्जेलमा नृति आउलिन् भन्ने सोचको विपरीत उनी क्रिष्टिनासँगै बाहिर बसिन् । अनुमान गरेँ किष्टिनालाई तुरून्त एक्लै छाड्न असहज मानेर उनी शिष्टाचार निभाउन थालिन् होला । यही भावसाथ मैले दुवै हातले कफी उठाएँ र बाहिर कफी पुर्याएँ दुवैजना कफी पिउन थालौँ । म पुनः आफ्नो कफी लिन स्टोर तिर बढेँ ।
मभित्र आएर कफी समाउँदै गर्दा दुवैभित्र छिरे । क्रिष्टिनाले केही चकलेट किनी र नृतिलाई दिन थाली । यो दृश्य देखेर मैले नृतिलाई नलिन ईशारा गरेपनि क्रिष्टिनाको आग्रहका अगाडि उनको केही लागेन । नृतिले उसले दिएका मध्ये आधा चकलेट राखिन् र हाँस्दै यो मेरातर्फबाट उपहार भनेर उसैलाई दिइन् । उनको यो चलाखीमा सबै हास्यौ । एकखाले सानो मनोरञ्जन नै भयो ।
मैले दूधको ग्यालन किनेँ र झोलामा राख्दै गर्दा नृतिले झोला तान्न आइपुगिन् । मैले क्रिष्टिनाका अगाडि स्त्री पीडक भइन्छ कि भन्ने डरले पर्दैन म बोक्छु भनेँ र झोला समाए । नृति फिस्स हासिन् सायद नाटक गर्यो भन्ने अर्थ लगाइन् कि ! मैले झोला बोकेँ र बाहिर तिर लागेँ । नृति र क्रिष्टिना पनि खै किन हो हाँस्दै मेरा पछि-पछि निस्किए । लगभग अध्यारै भइसकेको छ । मैले यस्तो अधेरोमा मेरा गाउँमा घरमा आएका अग्रजका लागि राकोको व्यवस्था गर्न सुकेको बाँस खोजिदिएको अवस्थालाई झट्ट सम्झिएँ । ती दिन र अहिले मेरो चौतर्फ फैलिएको प्रकाशलाई एकछिन् तुलना गरेँ र अन्धकारलाई दिन सदृश उज्यालो बनाउने विज्ञ र विज्ञान दुवैलाई मनमनै धन्यवाद दिएँ ।
नृति र क्रिष्टिना एकले अर्काकोे भाषा राम्ररी नबुझेँ पनि कुरा गरिरहेकाछन् । म क्रिष्टिनाको छेवैमा गएर गाडीबाट सेलरोटी निकाल्न अनुरोध गरेँ । मेरो अनुरोध सुनेर क्रिष्टिनाले ठूलै गल्ती गरेझँै माफी माग्दै लामुजिब्रो निकालेर गाडीतर्फ भागी र गाडी नै लिएर हाम्रो छेउमा आइ । नृति र मैले मुखममुख गर्दागर्दै गाडीमा बस्न अनुरोध गर्न थाली । नृतिले एकछिन गाडी पर्र्दैन हामी हिँडेरै जान्छौ भनेर क्रिटिनाको अनुरोध टार्न खोजिन् तर ऊ पनि के कम अनुरोध गरिरही । केही नगालेर नृतिले आँखाले सहारा माग्दै मतिर हेरिन् । मैले बस भने र आफू पनि आफ्ना सिटमा बसेँ ।
केही क्षणमा गाडी डेरानजिक पुगेपछि मैले क्रिष्टिनालाई घर देखाउँदै अगाडीको आगनमा गाडी रोक्न भने । मैले यति भनिसक्ता नृतिले मलाई कोट्याइन् र विस्तारै बिहानका हतारोमा कोठाको मइलो तन्नासम्म पनि फेरेको छैन भनेर दिक्क मानेझँै गरिन् । मैले एक गृहिणीको मर्म बुझेँ र तुरून्त ‘तिमी शौच लागेको वहानामा सामान लिएर सटासटभित्र जाउ म विस्तारै उसलाई पठाएँर आउँछु’ भनेँे । उनले त्यसै गरिन् ।
नृति भित्र लाग्ने वित्तिकै मसँग डेराभित्र जाने यत्न गर्नुको साटो क्रिष्टिनाले एकाएक मलाई ग्यास स्टेसनसम्म पुर्याउन आग्रह गरी । एकाएक फर्कने भनेकोमा म खुशी हुँदै गाडी चढे र नृतिलाई फोनबाट म ग्यासस्टेशन पुगेर आउछु भनेर जानकारी दिए । उनी छक्क परेर ‘किन ?’ भन्दै थिइन् मैले ‘अहिले आएर भनौला’ भन्दै फोन राखेँ । केही मिनटपछि क्रिष्टिनाले प्रशन्न मुद्रामा गाडी स्टोरको पछाडी किम्बुको बोट र कन्टेनरको बीचमा साइड लगाइ । म उसले गाडी यसरी पछाडि ल्याएर रोकेकोमा स्टोर भित्रबाट कोही स्टाफ वा चिनिराखेको ग्राहक टुप्लुक्क आएर देखे भने मलाई के भन्लान् ? के सम्झेलान् ? भनेर मनमनै औधी डराए । हत्तपत्त धन्यवाद दिएर फुत्कने विचार गरेँ र गाडीबाट उत्रिएँ । म उत्रन त उत्रिए तर केही बोल्न नपाउँदै क्रिष्टिनाले मेरो दाहिने हात तानी र म तलाई प्रेम गर्छु भनेर हातमा चुमी ।
दिउँसो त्यो भीडमा उसले मेरो गाला र ओठमा चुम्बन गरी तर अहिले यो सन्नाटामा हातमा चुम्बन गर्दैछे । मैले तत्काल यसको भाष्य बुझिन । म अल्लमल्ल भएँ । म छक्क परेँ । म निरुत्तर मूर्तिवत उभिए । मेरो यो मौनता देखेर क्रिष्टिनाले ‘तँ यदि मलाई विश्वास गर्छस् भने ? म तिमीहरूको निम्ति अमेरिकामा स्थायी बस्ने उपाय गर्दछु’ भनी । मैले किन कसरीसम्म भन्न नभ्याउँदै उसले फेरि ‘यसमा मेरो केही निहीत स्वार्थ छैन छ भने केवल तप्रति उब्जिएको मेरो प्रेममात्र छ’ भनी । उसले यति भनेपछि मैले यो भावुकतामा बग्न थाली भन्ने अनुमान गरेँ र ‘ठिक छ यसमा धैर्यतापूर्वक सल्लाह गरौला न’ भनेँ । उसले ‘हुन्छ त सोँच मैले आज घुम्न जाँउ भन्नुको तात्पर्य तलाई औधि प्रेम गर्छु भन्नु थियो । मेरातर्फबाट दिउसो चुम्बन गरेर, अहिले तेरो हात चुमेर मैले जाहेर गर्न चाहेको कुरा व्यक्त गरी सकेँ । तर, त्यतिले पनि तैले नबुझे पछि मैले मुखै फोरेर प्रेम गर्छु भने र भन्दैछु । त अझै सोचौंला भन्छस् ?’ भनी र सुक्क गर्दै गएसम्म नभनी एकाएक गाडि चडेर घुइकिइ ।
सम्पत्तिमा मेरो देशको एक-दुई अर्बभन्दा बढी सम्पत्ति भएका बाबुकी एक्ली छोरी त्यसमाथि ऊ आफैं डेड दुई लाख डलर वर्षमा कमाउने किन म जस्तो विवाहित र सामान्य घण्टाको आठ-दश डलर कमाउने मान्छेलाई यस प्रकारको व्यवहार गरिरहेकी छ ? उसले अस्तिमात्र गरेका त्यत्रा आदर्शका कुरा सम्झिए । उसले म वासनामा भौंतारिने केटी होइन र यौन सम्पर्क मेरो लागि नौलो होइन भनेको पनि सम्झिए ।
क्रिष्टिना हिडेपछि म तरंगित भए । मैले के भनेर ऊ सुक्क गर्दै हिडी ? के सोचौला भन्नु अपराध थियो र ! कतै मैले अमेरिकी प्रकारको प्रेम गर्न नजानेर त होइन ? मैले आफैँसँग विविध प्रश्न सोधे । तर्क वितर्क गरे । तर्कगर्दै जादा सायद यो कुनामा मेरोतर्फबाट उसले दिउसो गरेको चुम्बनको प्रत्युत्तर पो चाहन्थि कि ? यो सम्झेर कताकता म झस्किए । मैले उसलाई त्यसको प्रत्युत्तर दिन नचाएको हो कि नजानेको हो ? म किंकर्तव्यविमूढ भएँ तथापि यति शिक्षित र सभ्य केटीले सुक्क गर्नु मप्रति सामान्य माया त अवश्य होइन भन्ने निचोड निकाल्दै यस्तै तर्क वितर्कका साथ आफ्नो बाटो लागे ।
डेरा पुग्दा नृतिलाई दिक्क मानेर बसेको देखेँ । उता क्रिष्टिना सुक्क गर्दै हिड्ने, यता नृति दिक्क मानेर मौन बस्ने ? यी दुवै दृश्यमा म मनमनै आहत भए । तथापि नृतिको सामु उभिएर मुस्कुराउँदै, ‘डेरा भित्र पस्छु नभनि मलाई स्टोरसम्म पुर्याइ दे भनेकोले म त केही नसोची गाडीमा चडेर स्टोरसम्म पुर्याएर आए !’ नृतिको मौनता भंग गर्न मैले एकसासमा भने । उनले मेरो यो भनाइलाई व्यंग्य गर्दै किन दिनभरी टास्सीएर पुगेन अरे त्यसलाई ? भनिन् । मैले हास्दै ‘त्यो त मैले सोधिन’ भनैँ । उनले अलिक मुख विगारेर ‘के ! उटपट्यांग कुरा गरेर मलाई अलमल्याउन खोजेको ? हजुरले’ भनिन् र मायालाग्दो पाराले हेरिन् ।
मैले प्रसंग बदल्न हत्तपत्त ‘भोक लाग्यो अब केही खाएर आराम गरौन !’ भने । मेरो भोक लाग्यो भन्ने वचन सुन्नासाथ एक आमा बच्चाले भोक लाग्योभन्दा सारा दुःख बिर्सेर खानाको जोहो गर्न जुटेझैँ नृति जुरूक्क उठेर भान्सा तिर लागिन् । म पनि उनको पछिपछि लागे ।
भान्सामा पुगेर उनले फ्रिज खोलिन बिहान बनाएका रोटी र चनाको तरकारी निकालेर हेरिन् र ‘अलिकति रस भएको तरकारी बनाउँ है ?’ भनिन् । यसबेला मलाई नृतिको सारै र साच्चै माया लाग्यो । म थचक्क बसेर स्त्री जातिको मायाको व्यापकतामा सोच्न थाले । अहिलेसम्म रिसाएर बसेकी उनी दिनभरीको थकानको बाबजुद यो रातमा पनि उत्तिकै मेरो सेवामा तल्लिन छन् । यो सोचेर म झनै भावविभोर भएँ र ‘भो नपकाउ रोटी चनाकासाथ एकएक ग्लास दूध पिएर काम चलाउ ! हुँदैन ?’ भने । उनले मेरो भनाइलाई सिधा समर्थन गर्नुको साटो ‘भुडी भरिएन भनेर भरे गनगन गर्ने त हजुर नै हो को नि त !’ भनिन् र यसको फैसलाको जिम्मा पनि मलाई नै दिइन् । मैले चना, रोटी र दूधमा नै चित्त बुझाउने भनेर उनलाई आश्वस्त बनाए ।
खाना खाएर सुतेको घण्टा बिते पनि निन्द्रा पटक्कै लागेन । यो घण्टाको बीचमा मैले क्रिष्टिनालाई हजार पल्टभन्दा बढी सम्झिसके होला । आज बिहान हिँडेदेखिको उसको क्रियाकलापदेखि सुक्क गर्दै हिँड्दासम्मको घटनाको विश्लेषण गरे र के उसले मलाई साच्चै प्रेम गर्न थालेको हो यही प्रश्नमा अड्किए म । यो प्रश्नले मेरो मन अस्थिर भयो । मैले कृष्टिना के चहान्छे ? सम्पत्तिमा मेरो देशको एक दुई अर्बभन्दा बढी सम्पत्ति भएका बाबुकी एक्ली छोरी त्यसमाथि ऊ आफैँ डेड दुई लाख डलर वर्षमा कमाउने किन म जस्तो विवाहित र सामान्य घण्टाको आठदश डलर कमाउने मान्छेलाई यस प्रकारको व्यवहार गरिरहेकी छ ? उसले अस्तिमात्र गरेका त्यत्रा आदर्शका कुरा सम्झिए । उसले म वासनामा भांैतारिने केटी होइन र यौन सम्पर्क मेरो लागि नौलो होइन भनेको पनि सम्झिए ।
छेवैमा सुतेकी नृति दिनभरको थकानले गलित भएर निदाइ सकेकी छन् । मैले उनलाई झ्यालबाट छिरेको पूर्ण चन्द्रका प्रकाशमा निहारे । हेर्दै जाँदा अहिले उनको मुहार एकाएक मलाई स्वर्गकी अप्सराको भन्दा सुन्दर लाग्न थाल्यो । मैले हलुका हातले उनको कोमल मुहार सुसुम्याए । मेरा सुम्सुम्याइले उद्देश्यविपरीत उनी बिउझिन् र के भो निद्रा लागेन ? भनेर अर्तिको भाकामा निदाइएन भने भोलि झन् गलिन्छ भन्दै हात समातेर बच्चलाई सुताएझँै सुताइन् । मेरो मनोविज्ञान बुझेझैँ सुतेपछि धेरै सोच्नु हुँदैन भनिन् । यसरी उनले मलाई सुत्न बाध्य बनाए पनि म धेरैबेरसम्म निदाउन सकेको थिइन् । धेरै रातभए पछि पत्तै नपाई कतिखेर निदाएछु बिउँझिदा बिहानी भइसकेको रहेछ । समाप्त ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच