शासन आफैंमा भोग होइन । शासन गर्ने व्यक्तिको आधारमा शासकीय कार्य गतिशील बनेको हुन्छ । शासनलाई भोग मान्ने प्राप्तिले शासकको अवस्था पनि कमजोर हुने कुरामा अविश्वास गर्न मिल्दैन । महाभारतको युद्ध समाप्त भएपछि हस्तिनापुरको सत्तालाई चलाउन सक्ने युधिष्ठिरले शासनलाई नै अस्वीकार गरिदिए । शासनमा बसेर मैले व्यवस्थालाई सञ्चालन गर्नु ठीक होइन भन्ने तथ्य उनले राखेको देखिन्छ । यो व्यवस्थाको आगमन रगतबाट भएको उनले मानेका छन् । मैले जुन किसिमको शासकीय व्यवस्था सञ्चालन गर्ने हो त्यसमा म आफैं पनि सक्षम छैन भन्ने तर्कलाई उनले वैशम्पायन ऋषिका अघि स्वीकार गरेका छन् ।
युद्ध कहिले पनि शान्तिको मार्ग बन्न सक्दैन । शान्ति र युद्धका बीचमा मानिसको स्वभावले काम गरेको हुन्छ । मानिसका रूपमा उभिएका युधिष्ठिरले सदा शान्ति चाहे । शान्ति चाहेर पनि उनले शान्तिको मार्गमा आफूलाई उभ्याउन सकेनन् । शान्ति युधिष्ठिरको मनोकांक्षा थियो । शान्तिका माध्यमबाट नै म हस्तिनापुरको शासनभार सम्हाल्न सक्छु भन्नु उनीभित्रको चाह थियो । तर त्यसो हुन सकेन । युद्ध भयो । युद्ध डरलाग्दो हुन्छ । डरलाग्दो युद्ध झेलेका उनले शासनमा आफूलाई दरो रूपमा उभ्याए । उनको शासकीय पद्दति तत्कालीन समयको गतिलो शासन मानिन्छ ।
शासन भोग होइन
युधिष्ठिर शासनमा आउनुपूर्व सबैसित राय सल्लाह मागेको देखिन्छ । युद्धबाट पाएको शासनलाई उनले तिरस्कार गर्न खोजेका पनि छन् । यसै सन्दर्भमा उनले वैशम्पायनसित भन्छन्
न पार्थिवमिदं राज्यं न भोगाश्च पृथग्विधाः
प्रीणयन्ति मनो मेद्रद्य शोको मा रुन्धयन्त्ययम् ।।
मुनिवर ¤ भूतलको राज्य र विभिन्न प्रकारका सुखले आज मेरो मनलाई प्रशन्न गर्न सकेका छैनन् । यो शोकले मेरो मनलाई चारैतिरबाट घेरिरहेको छ । हस्तिनापुरको शासन उनले् युद्धबाट पाएका थिए । आफ्ना र आफन्तलाई मारेर पाएको शासनप्रति युधिष्ठिरको असन्तुष्टि थियो । उनको यो असन्तोषले हस्तिनापुरलाई शासकविहीन बनाउने अवस्था आएको थियो । तर त्यो अवस्था आउन दिएनन् युधिष्ठिरलाई सम्झाएर । ऋषिले युधिष्ठिरलाई जसरी सम्झाए त्यसले शासन भोग होइन भन्ने कुरालाई प्रमाणित गरिदिएको देखिन्छ । शासकका लागि लाभ हानी, सुखदुःख उत्पत्ति विनाश आफंै आएका हुन्छन् । यी सबैको भागीदार शासक होइन । शासकले त कर्म गर्ने हो । कर्म देश र देशका बासिन्दाका लागि हुनुपर्ने तर्कलाई उनले राखेको देखिन्छ । शासन आफैंमा सत्ताको भोग होइन । यो व्यवस्था हो । यो पद्दति हो ।
देशको विकासलाई गति दिने । जनातको सुख र सुविधाको ख्याल राख्ने । यो शासकीय व्यवहार कुनै पनि अवस्थामा भोग होइन । युधिष्ठिरको प्रश्नमा र वैशम्पायन ऋषिको अभिव्यक्तिमा शासक आफैंमा भोगको प्रतीक होइन । शासकले शासन चलाउन प्रयोग गरेका सबै कुरामा असल छाप आयो भने मानिसको व्यवहारमा समेत परिवर्तन आउने तर्क राखेका छन् ।
शासन गर्न युधिष्ठिर असमहत भएको समयमा ऋषिको अभिव्यक्तिमा असल शासनमा हुने गुण बाहिर आएको देखियो । शासन भोग होइन योग हो । शासनमा बसेका मानिसले आफूलाई गतिलो तरिकाले बाहिर ल्याउनु आवश्यक मानिएको छ । शासकले आफूलाई केन्द्रमा राखेर शासन चलाउने होइन । शासकले राम्रो शासन व्यवस्थालाई गति दिन सक्यो भने उसको कीर्ति रहनेछ ।
युधिष्ठिरलाई युद्धबाट पाएको राज्यले असन्तोष दिएको छ । मैले आफन्तलाई मारेर गर्ने राज्यले मेरो परिवारको, जनताको भलो हुन्छ र ? भन्ने तर्कलाई उनले मानेको देखियो । आफन्तको हत्या र युद्धबाट पाएको यो राज्यले मेरो सन्तोषलाई पूर्ण गर्न सक्दैन भन्ने तर्कलाई युधिष्ठिरले सकारेको देखिन्छ ।
दीक्षां राज्ञः संयुगे युद्धमाहु र्योगं राज्ये दण्डनीयत्यां च सम्यक्
वित्तत्यागो दक्षिणानां च यज्ञे सम्यक् दानं पावनानीति विद्यात् ।।
शासकका लागि युद्धमा जुध्नु यज्ञबाट दीक्षा लिने समान् हो । राज्य सञ्चालनलाई विधिवत् दण्डनीतिका माध्यमबाट चलाउनु उसका लागि योग तथा साधना हो । यज्ञमा धनका रूपमा दक्षिणाको त्याग गर्नु उत्तम तरिकाले दानको त्याग हो । यी तिन कर्म शासकका लागि उत्तम उपाय मानिएका छन् । यी कर्मबाट चलाउने शासन नै शासकीय पद्दतिको उत्तम नमुना महाभारतले मानेको देखियो । शासन गर्न युधिष्ठिर असमहत भएको समयमा ऋषिको अभिव्यक्तिमा असल शासनमा हुने गुण बाहिर आएको देखियो । शासन भोग होइन योग हो । शासनमा बसेका मानिसले आफूलाई गतिलो तरिकाले बाहिर ल्याउनु आवश्यक मानिएको छ । शासकले आफूलाई केन्द्रमा राखेर शासन चलाउने होइन । शासकले राम्रो शासन व्यवस्थालाई गति दिन सक्यो भने उसको कीर्ति रहने तर्कलाई ऋषि भन्छन् :
रक्षन् राज्यं बुद्धिपूर्वं नयेन संत्यक्तात्मा यज्ञशीलो महात्मा
सर्वाल्लोकान् धर्मदृष्ट्या चरंश्चा प्यूध्र्वं देहान्मोदते देवलोके ।।
अहँकारलाई त्यागेर बुद्धिमान् व्यक्तिले नीतिपूर्वक राज्यको रक्षा गरेमा, स्वभावले नै यज्ञ अनुष्ठानमा लागेमा, धर्मको रक्षार्थ दृष्टिका माध्यमबाट अभिव्यक्ति भएमा सो शासकले जीवनको समाप्तिपछि पनि देवलोकमा आनन्द प्राप्त गरेको हुन्छ । यो अभिव्यक्तिले पनि शासनलाई भोग मानेन । शासन त योग हो । देश र जनतालाई माध्यम बनाएर चलाउने शासकीय पद्दतिलाई योग मानेको देखिन्छ । शासक र शासन व्यवस्थाको आफ्नो पहिचान संसारमा रहेको तथ्यलाई नकार्न सकिँँदैन ।
नेपालमा भोग भयो
नेपाल आफैंमा सार्वभौमसत्ता सम्पन्न मुलुक हो । यसको पहिचान विश्वमा आफ्नै किसिमको छ । यो देशको पहिचानलाई विदेशका कतिपय मुलुकले राम्रो देशका रूपमा मानेका छन् । आफ्नो स्वाभिमानमा रमेको यो देशको पहिचानलाई कसैले पनि परिचय दिने आवश्यक छैन । नेपालको शासकीय पद्दति जुन किसिमको आए पनि नेपालले आफूलाई तरोताजा राखेको छ । समय समयमा हुने परिवर्तन र नेपालीले सो परिवर्तनका लागि खेलेको भूमिकामा कहिलेकाँही विश्व नै चकित परेको देखिन्छ । शासकीय व्यवस्थामा अनेक परिवर्तनलाई नेपालले भोग्यो र नेपाली जनताले नेपालका राजनीतिक दललाई पूर्णरूपमा साथ पनि दिए । शासनमा सदा आफूलाई उच्च राख्ने राजतन्त्र पनि नेपाली जनताको सक्रियतामा समाप्त भयो । आज हामी गणतन्त्रको विकासमा रमेका छौं । यो व्यवस्थाविरुद्ध अब नेपालमा कुनै किसिमको परिवर्तन हुने संकेत पनि देखिँदैन । नेपालमा जे जसो हुने हो यही व्यवस्थामा हुने हो ।
राजनीतिलाई जसरी गतिशील बनाइयो त्यसले गतिलो आशाको सञ्चार गरेको छैन । प्रदेशका मन्त्रीले नै मन्त्री पद लिलामीमा राख्नुलाई गणतन्त्रप्रतिको विश्वास मान्ने ? स्थानीय तहमा हुने गरेका अनियमितता र भ्रष्टाचारलाई पनि गणतन्त्रको उपलब्धिका रूपमा स्वीकार गर्र्न खेज्या हो ? त्यसैले शासनमा बस्ने व्यक्ति वा राजनीतिक दल रमाउने होइन ।
गणतन्त्र आएको देश विकासको लहरमा गतिशील हुनुपर्ने हो । विकासलाई आधार बनाएर राजनीतिक दल सक्रिय हुनुपर्ने होइन र ? विकासको मूल फुटेर देशले गति लिनुपर्ने होइन ? विकास नभएको पनि होइन । विकासले गति नलिएको पनि होइन । देशको व्यवस्था र हामीले चाहेको गणतन्त्र आएपछि नेपालीको पलायन किन ? नेपाली अध्ययनका लागि भनौँ वा कामका लागि बाहिरनुपर्ने अवस्था किन ? देशमा हामीले वा नेपालीले चाहेका शासन आएको होइन र ? हामीले चाहेको शासन आए पनि नेपालको समृद्धि हुन नसक्नुका कारक नेपाली जनता हुन् र ? शासनलाई भोग मानेर भोगिएको यो अवस्थाका कारण आजको नेपाली शासनका विरुद्ध पनि जाग्न थालेको देखियो ।
नेपालको राजनीतिमा दलगत स्वार्थ र आफन्तको रजाईँ बढी हुने गरेको छ । दलगत स्वार्थलाई त्यागेर योग्य मानिसलाई देशका संस्थानको जिम्मेवारी दिएमा देशले कायापलट गर्ने थियो । तर त्यसो हुनसकेन । शासनमा बसेका र रमेका मानिसका आफन्तलाई नपुग्ने अवस्था आयो । यही कारणले बिग्रको हो देशको राजनीति र राजनीतिको व्यवस्थापकीय पक्ष पनि । नेपालका सरकारी संस्थान सधै घाटामा जाने र नीजि संस्थाहरूले मनग्गे नाफा कमाउने किन ? कारण खोज्नु आवश्यक होइन र ? देशको विकासलाई प्राथमिकता र नेपाली जनताको अवस्थालाई स्वीकार गरेर अघि बढेको भए देशमा यो अवस्था पक्कै आउने थिएन ।
शासन नेपाली जनताले गर्ने पनि होइन । शासनमा राजनीतिकदलका नेता र कार्यकर्ता नै बस्ने हो । शासनमा बसेर सत्तालाई भोगका रूपमा लिने प्रवृत्तिका कारण आज जनतामा निराशा छाएको पक्कै पनि हो । यो निराशालाई चिर्न सकिएन भने पनि देशको राजनीतिमा नेपाली जनतालाई विश्वास नहुन सक्ने अवस्था देखिएको छ । जनतालाई सर्वोपरि मानेर गरिने शासनले देशको विकासमा नयाँपन अवश्य आउनेछ । देशमा गरिने राजनीतिमा देश र देशका जनता प्राथमिकतामा परेको हुनुपर्दछ । व्यक्तिगत स्वार्थ, आफू र आफन्त तथा आफ्ना मानिस प्राथमिकतामा परेको अवस्थासम्म देशको विकास हुन सक्दैन भन्ने तथ्यलाई प्रमाणित गर्नुपर्दैन । आजका नेपालीको भान्सा सारै महँगो भयो । तरकारी, फलफूल तथा रासनको भाउले आकाश छुन लागिसक्यो । राज्यका मन्त्री र प्रधानमन्त्री काठमाडौंका मेयर बालेनको सत्तोसरापमा लागेका छन् । उनी पाँच वर्षका लागि चुनिएर आएका व्यक्ति हुन् । उनले काठमाडौंको विकासका लागि जे जति गर्न सक्छन् गरून् । उनले चालेका कदममा काठमाडौँका बासिन्दाले साथ दिएका छन् । राजनीतिक दलका कार्यकर्ता र नेताले उनलाई सत्तोसराप गर्नुपर्ने आवश्यकता नै छैन । राम्रो गरेनन् भने उनलाई आउँदो निर्वाचनमा जनताले देखाउने नै छन् होइन र ? अहिले उनलाई सत्तोसराप किन ? राजनीतिलाई जसरी गतिशील बनाइयो त्यसले गतिलो आशाको सञ्चार गरेको छैन ।
प्रदेशका मन्त्रीले नै मन्त्री पद लिलामीमा राख्नुलाई गणतन्त्रप्रतिको विश्वास मान्ने ? स्थानीय तहमा हुने गरेका अनियमितता र भ्रष्टाचारलाई पनि गणतन्त्रको उपलब्धिका रूपमा स्वीकार गर्र्न खेज्या हो ? त्यसैले शासनमा बस्ने व्यक्ति वा राजनीतिक दल रमाउने होइन । शासकले सदा नेपाली जनतालाई शासकीय आधार मानेर व्यवस्थालाई चुस्त बनाउने हो भने नेपाली जनता अझ पनि विश्वासको वातावरणमा रहेका छन् । तर नेपाली जनतालाई वास्ता नगरेर आफूले र आफ्नाले मात्र शासनको दर खाने हो भने यो गणतन्त्रप्रतिको विश्वास कमजोर हुने तर्कलाई नकार्न सकिँदैन ।
शासनमा बसेर कसैलाई सत्तोसराप नगरौँ । व्यवस्थापकीय पक्षमा रहेर जनताका भावना सित नखेलौं । शासनलाई भोग होइन योग मानेर गतिशील बन्यौं भने हामी र हाम्रो देशले संसारलाई विकासको आधार पेश गर्न सक्ने अवस्था पक्कै पनि आउने देखिन्छ । सत्ता भोग होइन योग हो । योग मानेर नै शासकीय पद्दतिमा गतिशील हुने र जनतामा आशाको सञ्चार दिने हो कि ?
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच