
बारा । कलैया उपमहानगरपालिका वडा नम्बर ४ अदालत टोलका स्थानीयहरु डुबानमा परेका छन् ।
अदालतदेखि पूर्व रहेको बस्तीको १० घर पुरै डुबानमा रहेका छन् भने बाँकी घरहरुमासमेत पुग्न झनै समस्या भएको स्थानीय रमेश प्रसाद यादवले बताउनुभयो ।
विगत एक हप्तादेखि यस्तै समस्या छ, उहाँले भन्नुभयो,’ सुत्ने त परै जाओस् खाना बनाउनसमेत समस्या भएको छ । दिनभरि जेनतेन गरेर समय विताएपनि रातिको बेलामा बस्न झनै समस्या भएको छ । घरभित्र र बाहिर पानी नै पानी रहेको छ ।' सम्बन्धित निकायलाई भन्दा पनि कुनै सुनुवाई नभएको उहाँले बताउनुभयो ।
'घरमा पानी छ, बस्न खानसमेत समस्या परेको छ अर्का स्थानीय रुखसाना खातुनले बताउनुभयो, टेबलमा सरसमानहरु राखेर जेनतेन गरी खाना पकाउने गरेकी छु,' उहाँले भन्नुभयो, ‘रातl लामुखट्टे र पानीका किराहरु खाना पकाउँदा खानामै मिसिने ओछयानमासमेत पानीका किराहरु पस्ने गरेका छन् । के गर्नु ? जिवन जिउनै पर्यो यो पानीले दिनुसम्मको दुःख दिएको छ ।' उहाँले बताउनुभयो ।
घरमा आउन जान मात्र होइन बस्न पनि समस्या भएको छ अर्का स्थानीय जंगबहादुर पंडितले बताउनुभयो । पटक पटक वडा कार्यालय पुगेर पानीको बहावको व्यवस्थापन गर्न भने पनि वडाअध्यक्षले कुनै सुनुवाइ नगरेको उहाँले गुनासो गर्नुभयो ।
'वर्षाको पानी सँगै मिसिएर आएको नालाको पानी तर्दा खुट्टा चिल्लाउने गरेको छ, उहाँले भन्नुभयो,‘ लामखुट्टेको विगविगी त छदैँछ अरु नालाको फोहोर पानीको किराहरु समेत घरमा पस्ने गरेको छ त्यही पानी छलेर दिनहुँ बालबच्चाहरु पढ्न जाने आउने र आफू पनि काम गर्न जानु परेको अवस्था छ । जिवन जिउनै पर्यो जिउनको लागि काम नगरि भएन काम गर्न आउँदा र जादा नाक थुनेर जानु परेको र फोहोर पानीको कारण खुट्टामा समेत इन्फेक्शन देखिएको छ ।' उहाँले बताउनुभयो ।
पानीको निकास नहुँदा अदालत भन्दा पूर्वको पुरै बस्ती नै डुबानमा परेको छ, १० भन्दा बढी घरहरुमा त तीन फिट भन्दा बढी पानी जमेको उहाले बताउनुभयो । टोलमा नाला र वर्षाको पानी जम्दा पुरै टोल नै दुर्गन्धित बनेको उहाँले बताउनुभयो ।
वार्डको विकास गर्न जिम्मा लिएका जनप्रतिनिधि नै यसरी कानमा तेल हालेर सुतिदिदा आफूहरु फोहोर पानी तर्न बाध्य भएको स्थानीय परमेश्वर यादवले बताउनुभयो ।
टोलका रमेश प्रसाद यादव, रुखसाना खातुन, परमेश्वर यादव, पुन्देव साह, सत्यानन्द ठाकुर, सरोज यादव लगायत १० जनाको घरमा २ फिट भन्दा बढी पानी जमेको छ भने सडकमा समेत पानी नै पानी रहेको स्थानीयहरुले बताउनुभयो । पानीको निकास खोली समस्याको समाधान गर्न स्थानीयहरुले माग गर्नु भएको छ ।
कलैया उपमहानगरपालिका ४ का वडाध्यक्ष रामेश्वर प्रसाद यादवले टोल देखि पूर्व रहेको मैदामिल जाने बाटो काटेर पानीको निकास खोलिएको बताउनुभयो । पानी नपरे एक दुई दिनमा पानी निस्केपछि समस्या समाधान हुने जानकारी गराउनुभयो । अहिले पानीको मौसम छ पानीको मौसम सिधिने वितिकै दीर्घकालिन रुपमा समस्या समाधानको लागि पहल गरिने उहाँले आश्वासन दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच