
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री बद्रीप्रसाद पाण्डेले राम्रो नीति बनाउने दृढताका साथ आफू अघि बढेको बताउनुभएको छ ।
नेपाल पर्यटन बोर्डले सोमवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले आफ्नो मन्त्रालयले नीति बनाउने जाँगर देखाएन भनेर सुन्न नपर्नेगरी काम गर्ने आश्वासन दिनुभएको हो ।
उहाँले आफूले संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालय राम्रोसँग बुझेको उल्लेख गर्दै अब राम्रो नीति बनाउने कुरामा केन्द्रित हुने बताउनु भयो । मन्त्री पाण्डेले आफू मन्त्री रहेसम्म नीति बनाउने कुरामा अकर्मण्यता देखायो भन्ने गुनासो सुन्नु नपर्ने बताउनु भयो । उहाँले नीतिगत निर्णय लिनका लागि आफूले प्रधानमन्त्री, अर्थमन्त्रीलगायतसँग छलफल गर्ने कुरालाई पनि तिब्रता दिएको उल्लेख गर्नुभयो ।
मन्त्री पाण्डेले भन्नुभयो,‘म असार ३१ गते नियुक्त भएको हो । यो बिन्दुसम्म आईपुग्दा ममा एउटा कन्फिडेन्स डिल्डअप भएको छ । अब म संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालयलाई बुझने भएको छु भन्ने त्यो तहमा म पुगेको छु । त्यसैले म आश्वास्त पार्न चाहन्छु यहाँहरुलाई, विश्वास दिलाउन चाहन्छु यहाँहरुलाई । यो मन्त्रालयले अब म जति दिन मन्त्री हुुन्छु । म मन्त्री भएपछि पनि यो नीति भएन । यसमा परिमार्जन गर्नुपर्ने थियो । सरकारले अकर्मण्यता देखायो नीति परिवर्तनमा जाँगर गरेन भन्ने कम्तिमा सुन्न पाउनु हुनेछैन । राम्रो नीति बनाउने दिशामा म सम्पूर्ण प्रयत्न गर्नेछु । कानून आज पनि हाम्रो ४/५ वटा प्रश्ताव मन्त्रीपरिषद्मा पेश हुँदैछ । कतिपय प्रश्ताव प्रक्रिया नपुगेर अल्झिने हो कि जस्तो मलाई मनोदशाले आज पनि काम गरिराखेको थियो । त्यो मामिलामा मैले आजै अर्थमन्त्रीसँग पनि कुरा गरेको छु टेलिफोनमा कुनै एउटा प्रस्तावको बारेमा । प्रधानमन्त्रीसँग पनि मैले कुरा गरेको छु । मुख्य सचिवसँग पनि मैले आजै कुरा गरेको छु । त्यसैले त्यो तदारुपता र दृढताका साथ अगाडि बढने कुरामा म बचनबद्धता व्यक्त गर्न चाहन्छु ।’
मन्त्री पाण्डेले मन्त्रालयको कामलाई सक्रियताका साथ अघि बढाउने पनि बताउनु भयो । कार्यक्रममा बोल्दै बोर्डका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले निजी क्षेत्रसँगको सहकार्यमा पर्यटन क्षेत्रको विकासमा लागिपर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘निजी क्षेत्रसँग म सधै सँगै छु । पर्यटन बोर्ड पनि निजी क्षेत्रको लागि स्थापना गरिएको संस्था हो । निजी क्षेत्रसँग सहकार्य गरेनौ भने त नेपाल एयरलाईसन्समा तेल नबेचेको जस्तै हो । हामी त्यहाँ बाहेक अन्त जाने ठाउँ नै छैन । हामी सहकार्यमा नै अघि बढछौं ।’
प्रमुख कार्यकारी अधिकृत जोशीले पर्यटन क्षेत्रको योजनावद्ध विकासमा आफू केन्द्रित हुने बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच