काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशमा आर्थिक सुधारको आधार तयार हुँदै गएको बताउनुभएको छ । सोमबार महासंघको सचिवालयमा अन्तर्राष्ट्रिय वित्त निगमका दक्षिण एसियाका क्षेत्रीय निर्देशक इमाद फाखौरीसँगको भेटघाटका क्रममा उक्त कुरा बताउनुभएको हो ।
भेटमा ढकालले सरकारले महासंघले दिएका सुझाव लिएको र नयाँ पुस्ताका सुधार अघि बढाएको जानकारी गराउनुभयो । उहाँले सरकार, निजी क्षेत्र र अन्तर्राष्ट्रिय विकास साझेदारहरूले हातेमालो गरेर आर्थिक वृद्धिलाई प्रवद्र्धन गर्न सकिने बताउनुभयो । ढकालले दुर्ई संस्थाले स्थानीय र अन्तर्राष्ट्रिय बजारमा व्यवसायको प्रतिस्पर्धात्मकता सुधार्न मिलेर काम गर्न सक्ने पनि उल्लेख गर्नुभयो । उहाँले महासंघ र अन्तर्राष्ट्रिय वित्त निगमले संयुक्त रूपमा प्रकाशित गरेको ‘नेपालमा निजी क्षेत्रको अवस्था’ शीर्षकको प्रतिवेदनको सहकार्यबारे पनि जानकारी गराउनुभयो । उक्त प्रतिवेदन व्यावसायिक समुदाय र नीति निर्माताका लागि महत्वपूर्ण साबित भएको उहाँको भनाइ थियो ।
महासंघ अन्तर्राष्ट्रिय वित्त निगम नेपाल टोलीसँग मिलेर निजी क्षेत्रमा इएसजी(इन्भायरोमेन्ट, सोसिएल एण्ड गभर्नेन्स कार्यक्रम ल्याउन कार्यरत रहेको पनि ढकालले बताउनुभयो । अन्तर्राष्ट्रिय वित्त निगमको विशेषज्ञता र महासंघको स्थानीय व्यवसाय समुदायसँगको सशक्त सम्बन्धले नेपालको आर्थिक परिदृश्यमा परिवर्तन ल्याउन महत्वपूर्ण प्रगति गर्न सकिने उहाँको भनाइ थियो ।
सो अवसरमा फाखौरीले सार्वजनिक–निजी साझेदारीमा थप जोड दिन आवश्यक रहेको भन्दै नेपालले केही आर्थिक चुनौतीको सामना गरिरहेको भए पनि देशका लागि धेरै अवसर पनि रहेको बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच