
काठमाडौं । गृह मन्त्रालय पाँच जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ)को हेरफेर गरेको छ । मंगलबार साँझ गृहले काठमाडौं, सिन्धुपाल्चोक, सिन्धुली, प्युठान र अर्घाखाँचीमा सीडीओ हेरफेर गरेका हो ।
मन्त्रालयले काठमाडौंको जिल्ला अधिकारीमा जयनारायण आचार्यलाई खटाएको छ । साविक प्रजिअ जितेन्द्र बस्नेतलाई मन्त्रालय ल्याइएको मन्त्रालय स्रोतले जानकारी दिएको छ । यसअघि आचार्य कारागार व्यवस्था विभागको महानिर्देशक थिए ।
मन्त्रालयमा कार्यरत उपसचिव रमा आचार्य सुवेदीलाई प्रमुख जिल्ला अधिकारीका रूपमा प्युठान पठाइने भएको छ । त्यहाँका साविक सीडीओ नारायण प्रसाद अर्याललाई मन्त्रालयमा बोलाइएको छ ।
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारीमा अध्यागमन कार्यालय भैरहवाका प्रमुख अध्यागमन अधिकृत किरण थापालाई खटाएको छ । मन्त्रालयले सहसचिव लीलाप्रसाद शर्मालाई सिन्धुलीको प्रमुख जिल्ला अधिकारी तोकेको छ ।
अर्घाखाँचीको प्रमुख जिल्ला अधिकारीमा मन्त्रालयले इलाका प्रशासन कार्यालय चन्द्रौटा कपिलवस्तुका बाबुलाल अर्याललाई पठाएको छ । अर्घाखाँचीकै सहायक प्रमुख जिल्ला अधिकारी वेदनाथ पाध्यालाई इलाका प्रशासन कार्यालय चन्द्रौटाको उपसचिवमा सरुवा गरिएको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच