झापा । नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल प्रजातन्त्र सेनानी संघ झापाको नयाँ नेतृत्व चयन भएको छ । संघको अध्यक्षमा लिलक सिटौला सर्वसम्मत चयन भएको कांग्रेस झापाले जनाएको छ ।
२०२८ साल अघिदेखि नै कांग्रेस राजनीतिमा सक्रिय सिटौला अध्यक्षमा चयन हुनुलाई नेताकार्यकर्ताले सकारात्मक भनी टिप्पणी गरेका छन् । नेविसंघबाट राजनीति सुरु गर्नुभएका सिटौला भूमी आयोग झापाको नेतृत्वसमेत गरिसकेका व्यक्ति हुनुहुन्छ ।
अहिले पनि उहाँ नेतृत्वको आयोग झापामा सिटौला आयोगको नामले चर्चित छ । अध्यक्ष चयन भएका सिटौला पछिल्लो समय पार्टी राजनीतिभन्दा पनि लेखन कार्यमा सक्रिय हुनुहुन्थ्याे । स्पष्ट वक्ताको छवि बनाएका सिटौलाले लेखनमार्फत पार्टीका विकृति विसंगति उपर निरन्तर खबरदारी गर्दै आउनुभएकाे थियाे ।
सिटौलाको नेतृत्वमा चयन भएको समिति १५ सदस्यीय छ । समितिको उपाध्यक्ष उत्तमकुमार सुवेदी र सचिवमा पंकज घिमिरे हुनुहुन्छ ।
सदस्यमा ज्ञानमणि भुर्तेल, सूर्यबहादुर ढुंगाना, चक्रप्रसाद सिटौला, कमलप्रसाद राजवंशी, जयबहादुर राई, आशमानसिंह राजवंशी, बलराम तामाङ , टेकनाथ उप्रेती, झुमादेवी बानियाँ, लुथ्रो हेमरम, तीर्थराज डाँगी र विलास डोम छन् ।
जिल्ला अधिवेशनले सातजना केन्द्रीय प्रतिनिधि समेत चयन गरेको छ। केन्द्रीय प्रतिनिधिमा याम भण्डारी, वीरबहादुर प्रसाईं , टीकाप्रसाद प्रसाईं, श्यामलाल दाहाल, शरद शिवाकोटी , युद्धराज ओली र रामकुमारी पौडेल चयन भएको कांग्रेस झापाका कार्यालय सचिव जयकुमार दाहालले जानकारी दिनुभयाे ।
कांग्रेस भ्रातृसंगठनका रूपमा रहेको प्रजातन्त्र सेनानी संघ पार्टीले विगतमा सञ्चालन गरेका क्रान्ति र आन्दोलमा खटेका, पुराना तथा त्यागी नेताहरू सम्मान दिने फोरमका रूपमा चिनिन्छ । जिल्लामा संघको नेतृत्व उद्देश्य अनुरुप नै चयन भएको कांग्रेस झापाले दाबी गरेको छ । कांग्रेस कार्यकर्ताले संघमा पार्टीमा जीवनभर लगानी गरेको पुस्ताले अवसर पाएको प्रतिक्रिया दिएका छन् ।
नवगठित समितिलाई कांग्रेस झापाका कार्यबाहक सभापति केशवराज पाण्डे, पूर्वउपसभापति राम कट्टेल, पूर्वसचिव प्रेम सम्बाहाम्फेलगायत नेताले कार्यकाल सफलताको शुभकामनासहित प्रमाणपत्र वितरण गरेका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच