रुसी सेनाद्वारा १४४ युक्रेनी ड्रोनहरू नष्ट

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडाैं । रुसी सेनाले मंगलवार देशका नौ क्षेत्रहरूमा १४४ युक्रेनी ड्रोनहरूलाई नष्ट गरेको छ । रुसी रक्षा मन्त्रालयले ब्रायनस्क क्षेत्रमा ७२, मस्को क्षेत्रमा २० र रुसको कुस्र्क क्षेत्रमा १४ वटा ड्रोन नष्ट गरिएको जनाएको छ ।

मस्को क्षेत्रका गभर्नर एन्ड्री वोरोबाइभका अनुसार रातारात मस्को क्षेत्रको रामेन्सकोये जिल्लाका अपार्टमेन्ट भवनहरू ड्रोन आक्रमणको परिणामस्वरूप क्षतिग्रस्त भएको थियो । प्रारम्भिक जानकारी अनुसार एक महिलाको मृत्यु भएको छ । तीन जनालाई अस्पतालमा भर्ना गरिएको छ भने४३ जनालाई अस्थायी आवास केन्द्रमा राखिएको छ ।

रक्षा मन्त्रालयले तुला क्षेत्रमा १३, बेल्गोरोड क्षेत्रमा आठ, कालुगा क्षेत्रमा सात, भोरोनेज क्षेत्रमा पाँच, लिपेत्स्क क्षेत्रमा चार र ओरियोल क्षेत्रमा एक वटा ड्रोन नष्ट भएको जनाएको छ ।

  • सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?