काठमाडौं । अस्ट्रेलियाले इङल्याण्डविरुद्धको टी–२० सिरिजको पहिलो खेलमा जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा अस्ट्रेलियाले इङल्याण्डलाई २८ रनले पराजित गरेको हो ।
अस्ट्रेलियाले दिएको १७९ रनको लक्ष्य पछाएको इङल्याण्ड १९.२ ओभरमा अल आउट हुदै १५१ रन मात्र बनाएको थियो । इङल्याण्डका लागि लियाम लिभिङस्टोनले सर्बाधिक ३७ रन बनाए भने फिल साल्टले २० तथा साम कुरानले १८ रन बनाउनु भएकाे थियाे ।
त्यस्तै अस्ट्रेलियाका बलर सीन एबोटले सर्बाधिक ३ विकेट लिए भने जोश हजेलवूड र एडम जाम्पाले २/२ विकेट लिनुभएकाे थियाे ।
यस अघिपहिला ब्याटिंग गरेको अस्ट्रेलियाले १९.३ ओभरमा अल आउट हुदै १७९ रन बनाएको थियो । अस्ट्रेलियाका लागि ट्राभिस हेडले २३ बलमा ५९ रन बनाएका थिए भने माथ्यु शर्टले ४१, जोश इंगलिसले ३७ रन बनाउनुभएकाे थियाे ।
त्यसै गरि इङल्याण्डका बलर लियाम लिभिङस्टोनले सर्बाधिक ३ तथा जोफ्रा आर्चर र सकिब महमूदले २/२ विकेट लिनुभयाे ।
यो जितपछि ३ खेलमा टी-२० सिरिजमा अस्ट्रेलिया १-० ले अगाडी भएको छ । अब दोस्रो खेल शुक्रबार हुने तालिका छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच