निर्वाचनमा भाग लिन निजी क्षेत्रको आग्रह

Read Time = 1 min
A A- A+

काठमाडौं । निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भाग लिन निजी क्षेत्रका उद्योग प्रतिष्ठानमा कार्यरत श्रमिक तथा कर्मचारीलाई आग्रह गरेको छ ।

उक्त दिन सरकारले सार्वजनिक बिदा घोषणा गरेकाले निजी क्षेत्रका उद्योग/प्रतिष्ठानमा कार्यरत श्रमिक/कर्मचारीलाई पनि निर्वाचनमा सहभागी हुन आवश्यक व्यवस्था मिलाउने गरी सहयोग गर्न महासंघले सम्बन्धित उद्योग प्रतिष्ठानलाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?