क्वालालम्पुर । एसियाली क्रिकेट परिषद् (एसिसी)ले पहिलोपटक महिला यू-१९ टी-२० एसिया कप आयोजना गर्ने भएको छ । मलेसियाको क्वालालम्पुरमा सम्पन्न एसिसीको कार्यकारी बोर्डको बैठकले महिला यू-१९ टी-२० एसिया कप आयोजना गर्ने निर्णय गरेको हो ।
एसिसीले महिला यू-१९ एसिया कप हरेक आइसिसी महिला यू-१९ विश्वकपअघि आयोजना गर्ने निर्णय गरेको हो । यसको प्रमुख उद्देश्य एसियामा उदीयमान महिला क्रिकेटरहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्ने रहेको एसिसीले बताएको छ । ‘यो पहलले यस क्षेत्रमा महिला क्रिकेटको विकास र लोकप्रियतालाई अगाडि बढाउन महत्वपूर्ण भूमिका खेल्नेछ । आफ्नो इतिहासमा पहिलोपटक एसिसीले युवा महिला क्रिकेटरहरूका लागि यो प्रतियोगिता अघि सारेको छ । जसले लैंगिक समानतालाई बढावा दिन र सबै स्तरहरूमा क्रिकेट प्रतिभाको प्रस्फुटन गर्न आफ्नो अटल प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ,’ एसिसीको विज्ञप्तिमा उल्लेख छ ।
आफ्नो इतिहासमा पहिलोपटक एसिसीले युवा महिला क्रिकेटरहरूका लागि यो प्रतियोगिता अघि सारेको छ । जसले लैंगिक समानतालाई बढावा दिन सहयोग गर्ने एसिसीको विज्ञप्तिमा उल्लेख छ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच