रौतहट नगएको भए मलाई नै हराउने रहेछन् : माधव नेपाल

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । रौतहटबाट चुनाव जितेर काठमाडौं फर्किएपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले रौतहट नभएको भए आफूलाई नै चुनाव हराउने अभिव्यक्ति दिनुभएको छ ।

सुविधानगरस्थित पार्टी केन्द्रीय कार्यालयमा भेला भएका नेता-कार्यकर्ताबाट आइतबार बधाई थाप्दै नेपालले रौतहट १ बाट नगएको भए आफूलाई पराजित गर्ने खेल हुने देखिएको बताउनु भयो। प्रतिनिधिसभा सदस्यमा रौतहट १ बाट निर्वाचित हुनुभएका नेपालले नेकपा एमालेका अजयकुमार गुप्तालाई ६ हजार ६ सय मतान्तरले पराजित गर्नुभएको थियो ।

नेपाललाई भेट्न गएका नेता कार्यकर्ताहरुले समानुपातिक तर्फ पार्टीको थोरै मत आएको भन्दै चिन्ता गरेका थिए। ३ प्रतिशतको थ्रेसहोल्ड पार गर्न नसकेर राष्ट्रिय पार्टी नबनिने हो कि भन्ने चिन्ता उनीहरुमा थियो ।

अध्यक्ष नेपालले भने अझै मतगणना जारी रहेको भन्दै नआत्तिन आग्रह गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?