बझाङ। उपनिर्वाचन अन्तर्गत बझाङ प्रदेशसभा –१ प्रदेशसभा (क)को मतगणनामा कांग्रेसको अग्रता कायमै रहेको छ ।
हाल सम्म थलारा गाउँपालिकाको ९ सहित छबिसपाथिभेरा गाउँपालिका, खप्तडछान्ना गाउँपालिका, सुर्मा गाउँपालिका, जयपृथ्वी नगरपालिका र मष्टा गाउँपालिकाको मतगणना सकिदा कांग्रेसका उम्मेदवार अभिषेक बहादुर सिंहले अग्रता कायमै राख्नुभएको हो ।
अहिले सम्मको प्राप्त मत परिणाम अनुसार कांग्रेसका अभिषेक बहादुर सिंहले ९१६७ मत प्राप्त गर्नुभएको छ भने नेकपा एमालेका उम्मेदवार दमन बहादुर भण्डारीले ९०८४ मत सहित उहाँलाई पन्छ्याइ रहनुभएको छ।
एमालेका भण्डारीले लगातार मतान्तर घटाइ रहनुभएको छ । यसअघि २ सय ३१ मतले पछाडि रहेका भण्डारीले अहिले मतान्तर घटाउदै ८३ मतान्तरले पछाडी हुनुहुन्छ । त्यस्तै माओवादीका उम्मेदवार जनक बुढाले ३५३५ र एकीकृत समाजवादीका उम्मेदवार दिल बहादुर सिंहले २४२७७ मत प्राप्त गर्नुभएको छ।
अहिले तलकोट गाउँपालिका र साईपाल गाउँपालिकाको मत गणना सुरु गरिएको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच