आइएमईको चाडबाड अफर

Read Time = 2 mins

काठमाडौं । आइएमई साथैमा, मोबाइल हातैमा र १० लाख खातैमा भन्ने नाराका साथ दशैँ, तिहार, छठ र नेपाल सम्वत्जस्ता चाडपर्वलाई लक्षित गर्दै रेमिट्यान्स आइएमईले दशैँ अफर ल्याएको छ । अफरअन्तर्गत विदेशबाट आइएमईमार्फत् आएको रकम प्राप्त गर्ने सेवाग्राहीमध्ये दैनिक एकजनालाई सामसुङ मोबाइल उपहारस्वरूप प्रदान गरिने कम्पनीले जनाएको छ । साथै हरेक हप्ता आइएमई पे मोबाइल वालेट खातामा रकम प्राप्त गर्ने दुईजनालाई जनही २५ हजार रुपैयाँ प्रदान गरिनेछ भने अफर अवधिमा एक भाग्यशालीलाई १० लाख रुपैयाँ प्रदान गरिने कम्पनीले बुधबार फेसबुक लाइभमार्फत् जानकारी दिएको हो ।

सो अवसरमा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल, ब्राण्ड एम्बासडर दीपकराज गिरी, आइएमई ग्रुपका भाइस प्रेसिडेन्ट रूद्रराज पौडेललगायतको उपस्थिति रहेको थियो । अफर सार्वजनिक गर्दै आइएमई ग्रुपका अध्यक्ष ढकालले आइएमईले स्थापनादेखि नै अफर ल्याउँदै आएको उल्लेख गर्दै अफरले सेवाग्राही, व्यावसायिक साझेदार र कम्पनीबीचको त्रिपक्षीय सम्बन्ध मजबुत बनाउने बताउनुभएको छ । कुल ८२ जना प्रत्यक्ष लाभान्वित हुने अफर कात्तिक १६ सम्म कुल नौ हप्ता अर्थात् ६३ दिन कायम रहनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?