एसिया कप छनोट कात्तिकमा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपालमा आयोजना हुने टी-ट्वान्टी विश्वकप छनोटको एसिया क्षेत्र छनोट प्रतियोगिता आगामी कात्तिकमा आयोजना हुने भएको छ । अमेरिका र वेस्ट इण्डिजले सन् २०२४ को जुनमा आयोजना गर्ने टी-ट्वान्टी विश्वकपका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले नेपाललाई एसिया क्षेत्रको छनोट चरणको प्रतियोगिताको आयोजना अधिकार दिएको थियो ।

प्रतियोगिता आगामी अक्टोबर ३० अर्थात् कात्तिक १३ बाट सुरु हुने जनाएको छ । प्रतियोगिता नोभेम्बर ९ अर्थात कात्तिक २३ गतेसम्म चल्नेछ । एसियाको छनोटमा नेपालसहित आठ राष्ट्रको सहभागिता रहनेछ । प्रतियोगितामा नेपालसहित युएई, ओमान, हङकङ, बहराइन र सिंगापुरले प्रतिस्पर्धा गर्दैछन् । बाँकी दुई राष्ट्र छनोट चरण पार गरेर आउनेछन् ।

सहभागी आठ टोलीलाई दुई समूहमा विभाजन गरिनेछ । हरेक समूहको शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । फाइनल पुग्ने टोलीले अर्को वर्ष अमेरिका र वेस्ट इण्डिजमा आयोजना हुने विश्वकपमा स्थान बनाउनेछन् । नेपाल क्रिकेट संघ(क्यान)का अनुसार प्रतियोगिताका खेलहरू टियु क्रिकेट मैदानमा र मूलपानी क्रिकेट मैदानमा हुनेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?