नाडालले लिए सेमिफाइनलबाट नाम फिर्ता

हिमालय टाइम्स
Read Time = 2 mins

पेरिस । दोस्रो वरीयताका स्पेनिस टेनिस स्टार राफयल नाडालले विम्बल्डन टेनिसको सेमिफाइनलबाट आफ्नो नाम फिर्ता लिनुभएको छ । पेटको चोटको कारण उहाँले आफ्नो नाम फिर्ता लिनुभएको हो ।

चिकित्सकका अनुसार उहाँको पेटको मांसपेशीको एक भाग ७ एमएम च्यातिएको छ । विम्बल्डनको सुरुवातदेखि नै पेटको समस्यासँग जुधेका नाडालले क्वार्टरफाइनलमा टेलर फ्रिट्जसँगको खेलपछि झन् बढी दुखाइको महसुस गर्नुभएको थियो ।

क्वार्टरफाइनलमा चार घण्टा २१ मिनेट चलेको खेलबाट नाडालले अमेरिकी टेनिस स्टार टेलर फ्रिट्जमाथि ३-६, ७-५, ३-६, ७-५ र ७-६ (१०-४)को सेटमा जित निकाल्दै सेमिफाइनलको यात्रा तय गर्नुभएको थियो ।

नाडालले सेमिफाइनलमा अष्ट्रिय निक किर्गियोससँग खेल्ने तय थियो । अब नाडालले आफ्नो नाम फिर्ता लिएसँगै किर्गियोस फाइनलमा प्रवेश गर्नुभएको छ ।

अब किर्गियोसले शीर्ष वरीयताका सर्वियन जोकोभिच र बेलायती क्यामरुन नोरीबीचको विजेतासँग फाइनलमा खेल्नु हुनेछ । नाडाल कीर्तिमानी २२ पटकको ग्रान्डस्लाम विजेता हुनुहुन्छ । उहाँपछि नोभाका जोकोभिच र रोजर फेडेररले समान २० पटक ग्राण्डस्लाम जित्नुभएको छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?