सर्वोच्च न्यायाधीशहरुको पूर्ण बैठक जारी, प्रस्ताव ‘ट्रान्सफर’ हुने व्यवस्था छैनः संसद्

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । सर्वोच्च अदालतको पूर्ण बैठक बसिरहेको छ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव निष्प्रभावी भएपछिको सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठक बसिरहेको हो ।

गत १ फागुनमा जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव निष्प्रभावी भएको बुधबार संघीय संसद सचिवालयले जबरासहित राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, संवैधानिक परिषद्को कार्यालय, सर्वोच्च अदालत र न्याय परिषद्लाई पत्र पठाएको छ ।

उक्त पत्र प्राप्त गरेपछि जबरा बुधबार नै सर्वोच्च अदालत हाजिर हुन आउने चर्चा चलिरहेका बेला न्यायाधीहरुको पूर्ण बैठक बसेको हो ।

यसैबीच, संसद सचिवालयले प्रस्ताव ‘ट्रान्सफर’ हुने व्यवस्था नरहेको जनाएको छ ।

अघिल्लो प्रतिनिभिसभामा दर्ता भएको प्रस्ताव अर्को प्रतिनिधिसभा ‘ट्रान्सफर’ हुने व्यवस्था नरहेको सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले बताउनुभयाे । जसकारण जबराविरुद्धको महाअभियोग प्रस्ताव निष्प्रभावी भएको उहाँको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?