काठमाडौं । व्यावसायिक घराना मुरारका ग्रुपअन्तर्गतको पशुपति ट्रेड लिंक प्रालिले ‘डिजो’ ब्रान्डका नयाँ स्मार्टवाच नेपाली बजारमा ल्याएको छ । कम्पनीले ‘रियलमी डिजो वाच प्रो स्मार्टवाच’ ल्याएको हो ।
रियलमी टेक लाइफ इकोसिस्टमको पहिलो ब्रान्ड रहेको डिजोले नेपाली ग्राहकलाई ध्यानमा राखेर नयाँ स्मार्टवाच ल्याएको कम्पनीले वनाएको छ । डिजो वाच प्रोमा प्रिमियम मापदण्डसहितका फिचर राखिएको छ, जसमा इनबिल्ट जिपिएस रहेको छ । जिपिएस प्लस ग्लोनास रहेको र विभिन्न सेन्सर राखिएकाले हरेक फिटनेट कार्यको ट्र्याक स्याटेलाइटमार्फत् गर्न सक्ने बताइएको छ ।
मर्निङ वाक गर्दा हिँडेको बाटो, गतिविधि, स्पिड, एक्सरसाइजलगायतका डाटा स्याटेलाइटमार्फत् ट्र्याक गर्न सक्ने कम्पनीको दाबी छ । स्मार्टवाचमा ९० वटा फरक-फरक स्पोर्ट्स मोड राखिएको छ, जसले विभिन्न स्पोर्ट्स कार्य गर्दा सोहीअनुसार डाटा लिन सकिन्छ ।
डिजो वाच प्रोको सबैभन्दा विशेष फिचर भनेको ब्लड अक्सिजनको सही लेभल मापन र हर्टरेट मनिटर हो । एकपटक चार्ज गर्दा १४ दिनसम्म चलाउन सकिने डिजो वाच प्रोमा आफूलाई मन पर्ने सयभन्दा बढी कस्टम वाचफेस र वालपेपर छनोट गर्न सकिने भने छ भने सिधै आफ्नो स्मार्टफोनमा म्युजिक, क्यामरा कन्ट्रोल र कल रिसिभ सुविधासमेत रहेको छ । उक्त स्मार्टवाचको मूल्य सात हजार नौ सय ९० रुपैयाँ रहेको छ भने एक वर्षको वारेन्टीसमेत रहेको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच