इलाम । इलाम क्षेत्र नम्बर २ मा शनिबार भएको उपनिर्वाचनको अहिले मतगणना जारी छ ।
पछिल्लो मत परिणाम अनुसार एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता कायमै राख्नुभएको छ । उहाँले ७ हजार ६७७ मतका साथ अग्रता कायमै राख्नु भएको छ ।
त्यस्तै सुहाङलाई कांग्रेसका उम्मेदवार डम्बर खड्काले पछ्याइरहनु भएको छ । कांग्रेसका खड्काले ५ हजार ३९५ मत प्राप्त गर्नु भएको छ । एमाले र कांग्रेसका उम्मेदवारको मतान्तर २२ सय ८२ रहेको छ ।
तेस्रो स्थानमा रहेका पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ४ हजार ५८ मत प्राप्त गर्नुभएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले ११ सय ६२ मत पाउनु भएको छ । इलामको फाकफोकथुम र चुलाचुली १,२,३ को मत गणना सकिँदा एमालेले अग्रता बढाउँदै गएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच