‘नो एम्बिसन इज टु मच’ का विजेता

Read Time = 2 mins

काठमाडौं । बेलायतको इन्टरनेसनल करिकुलम एसोसिएसन(आइसिए) ले बक्स मोर एजुकेसन, बेलायतसँगको सहकार्यमा भर्खरै ‘नो एम्बिसन इज टु मच’ प्रतियोगितामार्फत् युवा विद्यार्थीका लागि रोमाञ्चक अवसर प्रदान गरेको थियो । बेलायतका यी दुई संस्थाले प्रायोजन गरेको प्रतियोगितामा विद्यार्थीले दिगो विकासका १७ वटा लक्ष्यमध्ये कुनै एक लक्ष्य प्रवद्र्धन गर्न आफ्ना सिर्जनात्मक र रचनात्मक विचार प्रस्तुत गर्न मञ्च प्रदान गरेको थियो ।

संस्कृति इन्टरनेसनल स्कुलको कक्षा १० का दुई प्रतियोगी नितिशा गुरुङ र रेयान राजन पुन उत्कृष्ट प्रस्तुतिसाथ सहभागी हुनुभएको थियो । विश्वभरका कैयौं प्रतियोगीमाझ अब्बल परियोजना गरेका प्रतियोगीमध्ये पुन उपविजेता, दिगो विकास लक्ष्य ४ मा रहेको गुणस्तरीय शिक्षासम्बन्धी प्रस्तुतिसाथ गुरुङले प्रथम स्थान हासिल गर्नुभएको थियो ।

गुरुङले प्रथम पुरस्कार टोनब्रिज स्कुल, इंग्ल्याण्डमा आयोजित बक्समोर योङ लिडर्स समर कोर्समा निःशुल्क सहभागी हुन पाउने आयोजकले जनाएको छ । यात्रा खर्च, यातायात, आवास र ट्युसन शुल्कसमेत आयोजकले नै बेहोर्नेछ । उपविजेता पुनलाई बक्समोर एजुकेसनले उपलब्ध गराउने कुनै पनि छोटा शैक्षिक तालिम वा कार्यक्रममा १० प्रतिशत विशेष छुट प्रदान गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?