
काठमाडौं । एन्फा महिला लिगको बिहीबार भएको खेलमा त्रिभुवन आर्मी क्लब र एपिएफ फुटबल क्लबले जित दर्ता गराएका छन् । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा बिहीबारको पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र दोस्रो खेलमा
एपिएफले जित दर्ता गराएका थिए ।
एपिएफले वालिङ नगरपालिकालाई दुई-एक गोल अन्तरले पराजित गरेको हो । पहिलो हाफको १२औँ मिनेटमा रेनुका नगरकोटेको गोलमा एपिएफले सुरुवाती अग्रता बनाएको थियो । रेनुकाले सरु लिम्बूको पासमा बललाई पोष्टको जाली चुमाउनुभएको थियो ।
खेलको १७औँ मिनेटमा कप्तान अनिता बस्नेतको पासमा सरु लिम्बूको सशक्त प्रहार क्रसबार माथिबाट बाहिरिँदा अग्रता दोब्बर बनाउने सुन्दर मौका एपिएफले गुमाएको थियो ।
पहिलो हाफको ३८औँ मिनेटमा रश्मीकुमारी घिसिङको गोलमा एपिएफले अग्रता दोब्बर पार्यो ।
खेलको ८०औँ मिनेटमा सिसी नानटोंगोको गोलमा वालिङले गोल अन्तर कम गर्यो ।
यसअघि भएको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले बागमती प्रदेशलाई पराजित गरेको छ । आर्मीले बागमती प्रदेशलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
आर्मीको जितमा विमला चौधरी, अमिसा कार्की र सान्जी थिङले समान एक गोल गर्नुभयो ।
पहिलो हाफको २६औँ मिनेटमा विमलाको गोलमा आर्मीले सुरुवाती अग्रता बनाएको थियो ।
पहिलो हाफमा एक गोल गरेको आर्मीले दोस्रो हाफमा एक गोल थप्दा एक गोल भने उपहार स्वरूप पायो ।
खेलको ६१औँ मिनेटमा अमिसाको गोलमा आर्मीले अग्रता दोब्बर पार्यो । खेलको अन्तिम मिनेट अर्थात् ९०औँ मिनेटमा सान्जीको आत्मघाती गोलमा आर्मीले ३-० को अग्रता बनायो ।
बागमतीविरुद्ध आर्मीले गोलमा थुप्रै मौका बनाए पनि त्यसलाई सदुपयोग गर्न सकेन ।
जितसँगै आर्मी दोस्रो स्थानमा उक्लेको छ । लिगका चार खेलमा आर्मीले तीन खेलमा जित र एक खेलमा हार भोग्दै नौ अंक बनाएको छ । समान खेलबाट १० अंक भएको पुलिस क्लब अंक तालिकाको शीर्ष स्थानमा छ ।
बागमती प्रदेशले भने लिगमा तेस्रो हार बेहोरेको हो । बागमीले चार खेलमा एक खेलमा जित र तीन खेलमा हार भोग्दै तीन अंकसाथ अंक तालिकाको सातौँ स्थानमा छ ।
यस्तै बिहीबारको जितसँगै एपिएफ १० अंकका साथ अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ । लिगको चार खेलमा तीन खेलमा जित र एक खेलमा हार बेहोरेको छ । समान खेलबाट समान अंक भएको पुलिस क्लब शीर्ष स्थानमा छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच